सेकेन्ड ह्यान्ड गाडीको समेत कारोबार गर्छन् यी कम्पनी, यस्तो हुन सक्छ ग्राहकलाई फाइदा
प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...
आयत प्रतिवन्धका कारण नेपाल आउन रोकिएको भेन्यू फेसलिफ्टको अन्तत विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वुकिङ खूल्ला गरेको छ । कम्पनीले यसको ३ वटा भेरिएन्टको मूल्य सार्वजनिक गरेर वुकिङ लिन शुरु गरेको हो ।
यो फेसलिफ्ट मोडल नेपाली बजारमा ई, एस र एसएक्स भेरिएन्टमा उपलब्ध हुने कम्पनी स्रोतको भनाई छ । जसको मूल्य क्रमश ३९ लाख ९६ हजार, ४५ लाख ९६ हजार र ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको उक्त स्रोतले नेपाल अटोलाई वतायो ।
यसअघि भेन्यू १.२ लिटर पेट्रोल र १.० लिटर टर्वो पेट्रोल पावरटे«नमा उपलब्ध रहँदै आएकोमा फेसलिफ्ट मोडलको टर्वो भेरिएन्ट भने नेपाल नआउने भएको छ । यो फेसलिफ्ट मोडलमा हुन्डाइले यसअघिकै पावरट्रेनलाई निरन्तरता दिएर अपग्रेड गरेको हो । यसको लुक्स भने पुरानो मोडलको तुलनमा थप एग्रेसिभ वनेर आएको छ ।
हुन्डाईले यसको हेड लाईट एवं टेल लाइट र इन्स्ट्रयूमेन्ट क्लस्टरमा परिमार्जन गरेको छ भने ड्राइभिङ मोडलाई सेन्ट्रल कन्सोलमा रहेको डायलबाटै छनोट गर्न सकिने सुविधा दिएको छ । साथै यसको पछिल्लो रोमा वस्ने यात्रुको सुविधका लागी यसमा एड्जस्ट गर्न मिल्ने सिट र चालले आफ्नो सिटलाई इलेक्ट्रिक पावरको सायहताले सजिलै एड्जस्ट गर्न सक्नेछन् ।
पुरानै ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमले निरन्तरता पाएको यो नयाँ मोडलमा व्लुलिङ्क कनेक्टिभिटी सहितको ६० भन्दा वढी कनेक्टेड फिचर उपलब्ध गराइएको छ । यसमा अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ फिचर थप गरिएको छ ।
प्रयोगमा आइसकेका पुराना गाडीको कारोबारमा पछिल्लो समय आयातकर्ता कम्पनीले...
काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...