सेल्टोस भन्दा सस्तो नयाँ एसयूभी ल्याउँदै किया, एउटै मोडल इलेक्ट्रिक र कम्वस्चन इन्जिमा आउने

कोरियन अटो निर्माता कियाले भारतमा अर्को नयाँ एसयूभी ल्याउने तयारी थालेको छ । यसअघि सेल्टोस र सोनेटलाई बजारमा उतारेर चर्चा वटुलेको कियाले यो नयाँ मोडलको कोड नेम एवाई राखेको छ ।

जुन इलेक्ट्रिक र कम्वस्चन दुवै पावरट्रेनमा उपलब्ध हुने जनाइएको छ । यो कम्प्याक्ट लाइफस्टायल एसयूभीको मूल्य सोनेटभन्दा महंगो र सेल्टोसभन्दा केही सस्तो पर्नसक्ने आँकलन गरिएको छ ।

यो नयाँ एसयूभीलाई कियाले यसअघिको सोल जस्तै अग्लो र वक्सी डिजाइनमा तयार पार्न लागेको हो । साथै सोनेटको कमजोर लेग रुमलाई लिएर व्यक्त हुँदै आइरहेको गुनासोलाई समेत कियाले यसै एयूभीमार्फत सम्वोधन गर्न खोजिरहेको छ ।

नयाँ एसयूभीका वारेमा अन्य विवरणहरु वाहिर नआएपनि यो १.० लिटर टर्वो पेट्रोल इन्जिनमा आउन सक्ने आँकलन गरिएको छ । यसको इभी भसर्ननमा भने कुन साइजको व्याट्री र कति क्षमताको मोटर जडान हुन्छ भन्ने विषयमा कुनै जानकारी वाहिर आएको छैन । किया इण्डिायले यसलाई सन् २०२५ भित्र बजारमा ल्याइसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरू

तीन वर्षमा कियाले भारतमा उत्पादन गर्यो ६ लाख ३४ हजार कार, ५ लाख युनिट बिक्री

तीन वर्षमा कियाले भारतमा उत्पादन गर्यो ६ लाख ३४ हजार कार, ५ लाख युनिट बिक्री

कियाले भारतमा सवारी साधन उत्पादन थालेको ३ वर्ष पुरा भएकोे छ । यो अवधीमा...

ग्लोबल कार सेल्स रिपोर्ट २०२१ : कियाले बेच्यो २७ लाख ७७ हजार युनिट कार

ग्लोबल कार सेल्स रिपोर्ट २०२१ : कियाले बेच्यो २७ लाख ७७ हजार युनिट कार

सन् २०२१ मा किया मोटर्सले २७ लाख ७७ हजार ५६ युनिट कार बिक्री गरेको छ । सन्...

कियाको नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी ४९० किलोमिटरको रेन्जसहित लन्च हुँदै

कियाको नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी ४९० किलोमिटरको रेन्जसहित लन्च हुँदै

किया इन्डियाले आफ्ना नयाँ इलेक्ट्रिक फेमिली कार क्यारेन्स क्लाभिस ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...