ईभीएक्स लन्च हुनु अगाबै २५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...
मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ एडिसन सार्वजनिक गरेको छ । कम्पनीको सोसल मिडियामार्फत सार्वजनिक भएको एक्स्ट्रा एडिसनमा नयाँ फिचर थप गरिएको छ । यो नयाँ एडिसनमा मारुतीले फ्रन्ट स्किड प्लेट, ग्रिलमा क्रोम गार्निस, ह्विलमा व्ल्याक क्ल्याडिङ, डोर क्ल्याडिङ र इन्टेरियरमा विभिन्न कलरको एसेन्ट थप गरेको हो ।
कारको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । एसयूभी प्रेरित लुक्स भएको एस प्रोसोमा १.० लिटर के सिरिजको पेट्रोल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ६५ इचपी र टर्क ८९ एनएम रहेको छ । कार ५ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिनमा उपलब्ध छ ।
यो नयाँ एडिसनलाई कम्पनीले छिट्टै लन्च गर्ने तयारी थालेको छ । जसको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन् । भारतीय बजारमा एस प्रेसोलाई ४ लाख २५ हजारदेखी ५ लाख ६५ हजार भारुसम्ममा बिक्री गरिँदै आएको छ । नेपाली बजारमा भने यसको भिएक्सआई प्लस भेरियन्टको मूल्य २७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...
केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...
मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...