हाइलक्स ईभीको परिक्षण सुरु, अर्को वर्ष थाइल्यान्डमा लन्च हुने
टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको ईभी भसर्नलाई परिक्षण गर्न...
टोयोटाले आफ्नो वहुप्रतिक्षत एमपिभी हाइक्रसको मूल्य सार्वजनिक गरेको छ । एक महिना अघिनै लन्च भएर वुकिङ खुल्ला गरिएको यो एसयूभीको शुरुवाती मूल्य १८ लाख ३० हजार भारु तोकिएको छ । सवैभन्दा महंगो जेडएक्स(ओ) हाइव्रिड भेरियन्टको मूल्य भने २८ लाख ९७ हजार भारु निर्धारण गरिएको छ ।
टोयोटाले यसलाई ८ भेरियन्टमा उपलब्ध गराएको छ । यसको टप भेरिएन्टमा प्याडल सिफ्टर, कनेक्टेड कार टेक, भेन्टिलेटेड फ्रन्ट सिट, ९ स्पिकर जेबीएल अडियो सिस्टम, एम्बियन्ट लाइटिङ, मल्टि–जोन क्लाइमेट कन्ट्रोल र संचालित टेलगेट जस्ता फिचर दिइएको छ । इनोभाको लागि पहिलो पटक नयाँ हाइक्रसमा ठूलो प्यानोरोमिक सनरुफ पनि दिइएको छ ।
यसमा सेफ्टी फिचरको लागि लेन किप असिस्ट, ब्लाइन्ड स्पट मोनिटर, एडाप्टिभ क्रुज कन्ट्रोल, रियर क्रस ट्राफिक अलर्ट र प्रि–कोलिजन सिस्टम, ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, ट्रयाक्सन कन्ट्रोल र ईएसपी दिइएको छ ।
इनोभा हाइक्रसमा ७ र ८ सिटरको विकल्प रहेको छ । ७ सिटरमा फस्र्ट इन सेगमेन्ट ओटोम्यान फंङसनको साथ २ क्याप्टेन र थर्ड रोको लागि बेन्च सिट समावेश छ । ८ सिटर कारमा सेकेन्ड र थर्ड रोका लागि बेन्च सिट समावेश छ । भारतमा टोयोटाले अडास टेक्नोलोजीलाई यहि एसयूभीबाट सुरु गरेको छ ।
टोयोटाले आफ्नो लोकप्रिय पिकअप ट्रक हाइलक्सको ईभी भसर्नलाई परिक्षण गर्न...
डिसेम्बर २०२१ को अन्त्यसँगै भारतीय बजारमा कार निर्माताहरूले आफ्नो...
भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...