अटो एक्सपो २०२३ मा टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी सार्वजनिक गर्ने सम्भावना

अटो एक्स्पो २०२३ मा सहभागी हुने ठूला कम्पनीहरूमध्ये टाटा मोटर्स पनि एक हुनेछ । कम्पनीले अटो एक्स्पोमा नयाँ टेक्नोलोजी सार्वजनिक गर्ने योजना बनाएको छ । टाटा मोटर्सले हाइड्रोजन टेक्नोलोजी, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम र कनेक्टेड कार टेक्नोलोजीसँग सम्बन्धित टिजर जारी गरेको छ ।

कम्पनीले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक कार मार्फत बजारको ठूलो हिस्सा कब्जा गरेको छ । अब भविष्यलाई हेर्दै टाटाले अटो एक्सपोमा टेक्नोलोजीको प्रोटोटाइपहरू लन्च गर्ने सम्भावना रहेको छ ।

टाटाले आफ्ना कारमा थप सेफ्टीका लागि विभिन्न फिचरको पनि उजागर गरेको छ । साथै थप सेफ्टीका लागि कम्पनीले आफ्ना सबै कारमा एडीएएस समावेश गर्ने सम्भावना छ । रिपोर्टका अनुसार टाटाको सफारी र ह्यारियर एडीएएस भएको पहिलो मोडल हुनेछ ।

टाटा मोटर्सले आफ्नो कनेक्टेड कार टेक्नोलोजीलाई ब्रान्डको कनेक्टेड कार प्लेटफर्म आईआरएले अपडेट गरिएको भेरिएन्ट पनि प्रदर्शन गर्ने सम्भावना छ । हाल आईआरएले सुसज्जित सवारी साधनमा लगभग २७ फिचरहरू उपलब्ध छन् । हुन्डाई र कियासँग प्रतिस्पर्धा गर्न टाटा मोटर्सले पनि सो फिचर समावेश गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ टाटा सफारी अब नेपालमा, मूल्य ८१ लाख ९९ हजार

नयाँ टाटा सफारी अब नेपालमा, मूल्य ८१ लाख ९९ हजार

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य

लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...

क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

क्रेटालाई पछि पार्दै नेक्सन वन्यो २०२२ मा सर्बाधिक विक्री हुने एसयूभी

काठमाडौं– सन् २०२२ मा भारतीय बजारमा सर्वाधिक विक्री हुने एसयूभीमा टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...