अंग्रेजी नयाँ वर्षमा टोयोटाले ल्यायो अफर : यस पटक अटो बजारमा छैन अफरको रौनकता

अङ्ग्रेजी नयाँ वर्ष शुरु हुन अव जम्मा ९ दिनमात्र वाँकी छ । यो अवधिमा पहिलो पटक टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले एक्सचेन्ज अफर ल्याएको छ । अफर अन्तर्गत विभिन्न एक्सचेन्ज बोनस र छुट उपलब्ध गराइने बताइएको छ ।

तर अन्य कम्पनीहरुले भने अहिले सम्म खासै स्किम सार्वजनिक गरेका छैनन् । अघिल्ला वर्षहरुमा नयाँ मोटरसाइकल र कार खरिद गर्नेलाई लक्षित गरी विभिन्न कम्पनीहरुले स्किम र अफर सार्वजनिक गर्थे । तर यसपटक यस्तो अफर नआउने सम्भावना बढेको छ । नयाँ वर्षलाई लक्षित गरी हालसम्म कुनैपनि कम्पनीले अफर घोषणा नगरेका कारण यस्तो सम्भावना बढेर गएको हो ।

लामो समयदेखि कम्वस्चन इन्जिनयुक्त कार, जिप र भ्यान तथा १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लगाइएका कारण विगत ८ महिनायता यस्ता सवारी नेपाल आउन सकिरहेका छैनन् । जसका कारण प्रतिवन्धको मारमा परेका सवारीसाधनको अभाव बजारमा कायमै छ । सरकाले पुस १ गतेबाट लागु हुनेगरी प्रतिवन्ध हटाए पनि लामो समयसम्म रोकिएका सवारीको आयत सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ ।

अर्कोतर्फ वैंक तथा वित्तीय संस्थाले अटोलोनमा कडाई गरिनै रहेका छन् भने लोन पाइहाले पनि ब्याजदर आकासिएको छ । यसले बजारमा मौजुद रहेका सवारी साधनको बिक्री समेत प्रभावित बनिरहेको छ । जसका कारण अहिले एकाध व्राण्डको इलेक्ट्रिक कार वाहेक प्रायः सवैजसो सेग्मेन्टका सवारी साधनको बिक्री प्रभावित बनिरहेको छ ।

बजारमा सवारीसाधन खरिद गर्ने ग्राहक नै नभेटिनु, भेटिएपनि अटो लोन पाउन कठिन र उच्च ब्याजदर जस्ता समस्याका कारण अहिले अटोबजार चरम मन्दीको अबस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा अफर र स्किम ल्याइए पनि खासै उपलव्धिमूलक नहुने देखेपछि व्यवसायी यो नयाँ वर्षमा अफर नल्याउने मुडमा पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षको उपलक्ष्यमा पुराना सबै मोडलका गाडीसँग नयाँ टोयोटा गाडी साट्न सकिने

नयाँ वर्षको उपलक्ष्यमा पुराना सबै मोडलका गाडीसँग नयाँ टोयोटा गाडी साट्न सकिने

काठमाडौँ – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...

टोयोटाले अर्बन क्रुजर ईभी नेपाल भित्र्याउने, यस्तो छ तयारी

टोयोटाले अर्बन क्रुजर ईभी नेपाल भित्र्याउने, यस्तो छ तयारी

अन्तर्राष्ट्रिय बजारमा लन्च भएसँगै टोयोटाको नयाँ ईभी अर्बन क्रुजर नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...