मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी २०२५ मार्चमा लन्च हुने
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...
मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले ग्लोवल एनक्यापले गर्ने क्र्यास टेष्ट रेटिङको विश्वसनियतामाथी प्रश्न उठाएका छन् । क्र्यास टेष्ट सेफ्टि कम्पोनेन्ट उत्पादकहरुको फन्डिङमा चलिरहेको समेत उनको आरोप छ । यसप्रकारको रेटिङमा अल्झिएर वस्नुभन्दा सडकको अबस्था सुधार गरेर दुर्घटना कम गर्नतर्फ लाग्नुपर्ने उनको सुझाव छ ।
मिडियासंगको कुराकानीमा उनले भनेका छन्, ‘भारतको जस्तो रोड कन्डिसनमा ग्लोवल एनक्यापले दिने रेटिङको कुनै अर्थ छैन । यो विशुद्ध एयर व्याग जस्ता सेफ्टि कम्पोनेन्ट उत्पादकहरुले चलाएको फन्डामात्र हो ।’ सन् २०१९ देखी गरिँदै आएको यस्तो टेष्ट यूरोपियन स्ट्यान्डर्डको भएका कारण भारतीय स्ट्यान्डर्डसंग मेल नखाने उनको भनाई छ ।
ग्लोवल एनक्यापले हालै आयोजना गरेको क्र्यास टेष्टमा मारुती सुजुकीका तीनवटै लोकप्रिय मोडल एसप्रेसो, स्विफ्ट र इग्निसले १ स्टार रेटिङ पाएपछि भार्गवको यस्तो प्रतिक्रिया आएको हो । यसअघिका क्र्यास टेष्टमा समेत मारुती सुजुकीका मोडलहरुले राम्रो रेटिङ पाउन सकेका थिएनन् ।
भारतका अन्य दुई व्रान्ड महिन्द्रा र टाटाले ५ स्टार रेटिङ पाउने गरी गाडीहरु उत्पादन गरिरहेको अबस्थामा मारुती सुजुकीमाथी पनि तत्कालै सेफ्टि रेटिङमा सुधार गर्नुपर्ने दवाव सिर्जना भएको छ । भारतमा उत्पादन भएका कुनै पनि मारुती मोडलले हालसम्म ५ स्टार रेटिङ प्राप्त गर्न सकेका छैनन् ।
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ईभिएक्स २०२५ को मार्च...
मारुतीको ह्याचब्याक कार निकै लोकप्रिय छ । कम्पनीले चाँडै नै ह्याचब्याक...
मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहार अफर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...