मुस्ताङमा हुने नेपाल राइडर्स मिटका लागि खुल्यो बुकिङ

काठमाडौं – आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल राइडर्स मिटका लागि रजिष्ट्रेसन खुल्ने भएको छ । भोलि डिसेम्बर २० देखि खुला हुने रजिष्ट्रेसनमा पहिलो १०० जनाले मात्र सहभागिता जनाउन पाउने छन् ।

नेपाल पर्यटन बोर्डको सहयोगमा फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) ले आयोजना गर्ने नेपाल राइडर्स मिटको यो पाँचौ संस्करण हो । मोटरसाइकल संस्कृति र लाइफस्टाइलमार्फत स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरु यस प्रकारको इभेन्ट आयोजना गर्छन् । फोरे नेपाल अन्तर्गत रहेका नेपालभरका विभिन्न इन्फिल्ड क्लबहरु यसको आयोजक हुने गर्छन् ।

नेपाली राइडरका लागि ८ हजार ५ सय, भारतीयका लागि ६ हजार ५ सय भारु र अन्य विदेशीका लागि १०० डलर शुल्क तोकिएको सो कार्यक्रमका लागि फोरे नेपालको वेबसाइटमार्फत रजिष्ट्रेसन गर्न सकिन्छ ।

राइडर्स मिट कार्यक्रममा नेपाल, भारत र अन्य विभिन्न देशका रोयल इन्फिल्ड राइडरहरु सहभागी हुने र विभिन्न प्रकारको इभेन्ट आयोजना गरिने आयोजकको भनाइ छ ।

सम्बन्धित समाचारहरू

मेटियर ३५० वन्यो वेलायतमा सर्बाधिक विक्री हुने मोटरसाइकल

मेटियर ३५० वन्यो वेलायतमा सर्बाधिक विक्री हुने मोटरसाइकल

रोयल इन्फिल्डले भारतमा उत्पदान गरेको मेटियर ३५० वेलायतमा सर्बाधिक बिक्री...

इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

इतिहास : हातले चलाउने गियरबक्स भएको सन् १९२० मोडलको इण्डियन मोटरसाइकल

राणा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप...

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...