समुद्रको पानीबाट ब्याट्री निर्माण गरिने, कम मूल्यमा २ हजार किमी रेन्ज दिने

बजारमा उपलब्ध इलेक्ट्रिक सवारी साधनको सबैभन्दा ठूलो समस्या भनेको मूल्य र रेन्ज हो । रिपोर्टका अनुसार यो समस्याको समाधानका लागि वैज्ञानिकहरूले समुद्रको पानीबाट एउटा ब्याट्री बनाएका छन् जुन अहिले प्रचलनमा रहेको लिथियम ब्याट्री भन्दा धेरै सस्तो र ४ गुणा बढी शक्तिशाली छ ।

सो ब्याट्री युनिभर्सिटी अफ सिड्नीका अनुसन्धानकर्ताहरूले बनाएका हुन् । युरोन्युज डटकमका अनुसार यो ब्याट्रीमा सोडियम सल्फर प्रयोग गरिएको छ । यो एक प्रकारको पग्लिएको नुन हो जुन समुद्रको पानीबाट बनाइन्छ । यो ब्याट्री लिथियम भन्दा धेरै सस्तो र वातावरण मैत्री हुन्छ । समुद्रको पानीबाट बनेको ब्याट्रीमा उर्जा भण्डारण गर्ने क्षमता पनि बढी हुनेछ ।

प्रमुख शोधकर्ता डा.शेनलङ झाओले हाल प्रचलित लिथियम ब्याट्रीको मूल्य कम हुने र चार गुणा बढी उर्जा भण्डारण गर्ने क्षमता हुने बताए । आगामी दिनमा यसको उत्पादन व्यापक रुपमा भयो भने मूल्य झनै कम हुने उनको भनाइ छ । यसबाट नवीकरणीय उर्जाको प्रयोग समेत बढ्ने छ ।

यो ब्याट्रीको प्रयोगबाट चल्ने गाडीले सिंगल चार्जमा २ हजार किलोमिटर सम्म रेन्ज दिनेछ । हाल बजारमा उपलब्ध ब्याट्रीहरूमा लिथियम, ग्रेफाइट र कोबाल्ट जस्ता दुर्लभ धातुहरू प्रयोग गरिएको हुन्छ । यी पदार्थहरूको लागत धेरै उच्च छ र यसको भण्डार संसारका केही देशसँग मात्र छ ।

रिपोर्टका अनुसार २०३० सम्ममा युरोपेली संघका देशलाई हालको भन्दा १८ गुणा बढी लिथियम ब्याट्रीको आवश्यकता पर्नेछ । २०५० सम्ममा यसको माग ६० गुणा बढी हुनेछ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनका अनुसार लिथियम र अन्य दुर्लभ सामग्रीको मूल्य तेल र ग्याँसको भन्दा बढी हुनेछ ।

सम्बन्धित समाचारहरू

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

बाउन्स इन्फिनिटी ई१ इलेक्ट्रिक स्कुटरको परीक्षण चल्दै, छिट्टै नेपाली बजारमा उपलब्ध हुने

मोडर्न टचका साथ रेट्रो लुकमा उपलब्ध बाउन्स इन्फिनिटीको इलेक्ट्रिक स्कुटर...

टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत

टेस्ला साइबरट्रकको पहिलो युनिट सार्वजनिक, चाँडै नै डेलिभरी हुने संकेत

लगभग ४ वर्ष पहिले नोभेम्बर २०१९ मा टेस्लाले साइबरट्रक पिकअप मोडल...

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...