थाइल्यान्डमा जिडब्लुएमको ओभरसिज सम्मेलन सम्पन्न, ५० राष्ट्रका २०० बढी वितरक सहभागी

ग्रेटवाल मोटर (जिडब्लुएम) ले थाइल्यान्डको बैंककमा ‘वान जिडब्लुएम – लाइट द वर्ल्ड’ शीर्षकमा ओभरसिज सम्मेलन २०२२ आयोजना गरेको छ । गत डिसेम्बर २ मा सम्पन्न सो सम्मेलनमा जिडब्लुएमले आफ्नो ब्रान्डको रणनीति विश्वव्यापी ब्रान्ड सिर्जना गर्ने र उत्पादन संरचना गर्ने स्पष्ट पारेको थियो । कार्यक्रममा विश्वका ५० भन्दा बढी राष्ट्र र क्षेत्रका २०० भन्दा बढी वितरकहरू सहभागी थिए ।

जिडब्लुएमका अध्यक्ष म्यु फेङ्गले विश्वव्यापी साझेदारहरूलाई नयाँ ब्रान्डको रणनीति वान जीडब्ल’एमएम बारे घोषणा गर्दै ब्रान्डले यस अवधारणा अनुसार सामूहिक प्रणालीहरू र विश्वव्यापी ठूलो एकल उत्पादन विकास गर्ने खुलस्त पारे । उनले यसको अन्तरसम्बन्धित इकोसिस्टमको आधारमा यसले अनुसन्धान र विकासमा लगानी बढाउनेछ ताकि ब्रान्डको विश्वव्यापी बौद्धिक प्रविधि कम्पनीको रूपान्तरणलाई तीव्रता दिन सकोस् र विश्वव्यापी अनुसन्धान र विकास गर्न संरचना निर्माण गर्न सकोस् भन्ने कुरामा जोड दिए ।

कम्पनीका अनुसार बारम्बार महामारीको प्रकोप र चिप अभावको बावजुद, जिडब्लुएमले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विस्तार वृद्धि गर्न जारी राख्यो । अक्टोबर २०२२ मा अन्तर्राष्ट्रिय बजारमा कुल बिक्रीको मात्रा २० हजार थान नाघ्यो, जुन ४९.६ प्रतिशत वार्षिक वृद्धि हुन आउछ । जनवरी देखि अक्टोबर सम्म जिडब्लुएमको संचयी बिक्री १ लाख ३० हजार थान नाघ्यो, जुन १८.६ प्रतिशतको वार्षिक वृद्धि हुन आउछ ।

यसले ब्रान्डको वैश्वीकरणमा तीव्रताका साथ विस्तार भैरहेको उजागर हुन्छ । जिडब्लुएमले पहिले नै विश्वभर धेरै नव ऊजा प्रेरित उत्पादनहरू बजारमा ल्याइसकेको छ, तसर्थ स्मार्ट र नयाँ ऊर्जा संचालित गाडीहरूमा आफ्नो बलियो नेतृत्व प्रदर्शन गर्दै आफ्नो विश्वव्यापी पहुँचलाई सुदृढ गरेकोछ । जिडब्लुएमले प्रयोगकताका सन्तुष्टि बढाउन विश्वव्यापी ग्राहक माझ वर्गीकरण र बजारीकरणमा नवीन प्रक्रिया ल्याउने बताएको छ ।

जिडब्लुएमका उपाध्यक्ष पार्कर शिका अनुसार ब्रान्डले थप स्रोतहरू मार्केटिङ सम्बन्धित आयोजनाहरु जस्तै फ्यान कार्निभल, अटोमोबाइल खरिद उत्सव र खेलकुदमा आधारित मार्केटिङ जस्ता कार्यक्रमहरूमा लगानी गर्ने चाहेको बताएको छ, साथै आफ्नो पाँच प्रमुख उप–ब्रान्डहरू, विशेष गरी हाभल, ट्याङ्क, पिकअप, वेर ओराका दर्जनौं सवारी साधनहरू सहित विभिन्न वर्ग र बजारमा दमदार उपस्थिति दिने बताएको छ ।

कम्पनीले यसो गरेर सम्भावित उपभोक्ताहरूलाई आफ्नो ब्रान्डतर्फ थप आकर्षण बढाउने आशा गरेको छ । कार्यक्रममा बोल्दै जिडब्लुएम थाइल्याण्डका प्रतिनिधिले शाखाको सफल सञ्चालनको स्थानीय अनुभव साझा गर्दै नयाँ पर्यावरणीय मार्गले जिडब्लुएमको अन्तर्राष्ट्रिय विस्तारक्रमको सफल सञ्चालनको उदाहरण बनेको बताए ।

अत्याधुनिक प्रविधिद्वारा अनुमोदित, जिडब्लुएमले विदेशी बजार विस्तारक्रमलाई गति दिन आफ्नो उत्पादनहरू, प्रविधिहरू, सेवाहरू र सम्पूर्ण औद्योगिक सञ्जालहरूलाई चौतर्फी प्रवर्द्धन गर्दै विदेशी बजारमा प्रक्षेपित गर्ने बताएको छ ।

नेपाली बजारमा भीजी इम्पेक्सले जिडब्लुएम अन्तर्गतका विभिन्न मोडलका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

प्रशासनको स्वीकृति : उपत्यकामा विहान ९ बजे सम्म अटो मेकानिक्स व्यवसायीहरु आवतजावत गर्न सक्ने

काठमाडौं – अटो वर्कसप सञ्चालन गरिरहेका अटो मेकानिक्स व्यवसायीहरु राती ९...

गाडी कतै सर्भिसिङ गर्नु छ ? निषेधाज्ञामा पनि कम्पनीहरुले दिदैछन् इमर्जेन्सी सर्भिस

गाडी कतै सर्भिसिङ गर्नु छ ? निषेधाज्ञामा पनि कम्पनीहरुले दिदैछन् इमर्जेन्सी सर्भिस

काठमाडौं – निषेधाज्ञाको समयमा थोरै गाडी चलेका छन् । यो अवस्थामा सामान्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...