सरकार र राष्ट्र बैंकको निती विरुद्ध बिराटनगरका अटो व्यवसायी आन्दोलित

नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेको छ ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ का अध्यक्ष संजय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विराटनगर क्षेत्र लगायत प्रदेश १ मा संचालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बिहीबार एकसाथ काठमाडौंमा र विराटनगरमा संयुक्त विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो व्यानर र प्लेकार्ड बोकेर विराटनगरको महेन्द्रचोकमा शान्तिपूर्ण धर्ना दिएका थिए ।

मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ का अध्यक्ष संजयकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रुपमा समीक्षा गर्नु पर्ने र संस्थागत निक्षेपको व्याज दर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नु पर्ने वताए ।

सम्बन्धित समाचारहरू

नाडालाई महासंघ बनाउने प्रस्ताव साधरणसभाबाट पारित, पुष २५ गते निर्वाचन

नाडालाई महासंघ बनाउने प्रस्ताव साधरणसभाबाट पारित, पुष २५ गते निर्वाचन

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) लाई महासंघ बनाइने भएको छ ।...

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

नाडा अटो शो २०८१ को पहिलो दिनमा सीजी मोटर्सलाई २७ बुकिङ

काठमाडौं – नाडा अटो शो २०२४ को पहिलो दिन सीजी मोटर्सले आयात गरेका विभिन्न...

नाडा अटाे शाे काे लागि ‘खल्ती एप’बाट टिकट बुकिङ गर्न सकिने

नाडा अटाे शाे काे लागि ‘खल्ती एप’बाट टिकट बुकिङ गर्न सकिने

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १५ औं सस्करणको नाडा अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...