अर्को वर्ष अपडेट हुँदैछ सुजुकी स्विफ्ट : यस्ता हुनेछन् मुख्य परिवर्तन
मारुती सुजुकीको स्विफ्ट ह्याचब्याक आगामी वर्ष नयाँ अपडेट मोडलमा आउने भएको...
मारुती सजुकीकले आफ्नो सव कम्प्याक्ट एसयूभी व्रेजामा नयाँ फिचर्स थप गरेको छ । यो नयाँ अपडेटेड मोडलमा उसले स्मार्ट प्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टमलाई अपडेट गरेर वायरलेस एन्ड्रोइड अटो र वायरलेस एप्पल कार प्ले थप गरेको हो ।
यसैगरी हेड अप डिस्प्लेमा टर्न वाई टर्न नेभिगेसन र मल्टि इन्फर्मेसन डिस्प्ले समेत थप गरिएको छ । यो नयाँ फिचर्सलाई ग्राहकले स्मार्ट फोनमार्फत ओभर दि एयर अर्थात वेवसाइटवाट डाउनलोड गर्न सक्नेछन् ।
६ महिनाअघि लन्च भएको नयाँ व्रेजा भारतीय बजारमा यो सेग्मेन्टकै सर्बाधिक लोकप्रिय एसयूभी वनिरहेको छ । यो कार हालसम्म १ लाख ९० हजार भन्दा बढी युनिट वुक भैसकेको कम्पनीले बताएको छ ।
यो नयाँ एसयूभीम सुजुकीले इलेक्ट्रोनिक सनरुफ, आर्कामिज साउन्ड सिस्टम, क्रुज कन्ट्रोल र ३६० डिग्री पार्किङ क्यामेरा लगायत अत्याधुनिक फिचर्स दिएको छ । साथै यसमा जडान गरिएको लाइट पूर्णत एलइडी, एलइडी डे टाइम रनिङ ल्याम्प, प्रोजेक्टर हेडल्याम्प, टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जर, कुल्ड ग्लोभ वक्स, रियर एसी भेन्ट, किलेस इन्ट्रि र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायत फिचर्स पाउन सकिन्छ ।
फिचर्स अपडेट भएर आएपनि यसको मेकानिकल पक्षमा भने कम्पनीले कुनै परिवर्तन गरेको छैन । यसमा जडान गरिएको १.५ लिटर स्मार्ट हाइव्रिड इन्जिनले १०२ विएचपी र १३६.८ एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी ५ स्पिड म्यानुअल ट्रान्समिसन तथा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक भर्सनमा उपलब्ध छ ।
एलएक्सआई, भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस गरी कुल ४ भेरियन्टमा उपलब्ध यो एसयूभीको मूल्य भारतीय बजारमा ८ देखी १३ लाख ८९ हजार भारु निर्धारण गरिएको छ ।
नेपाली बजारका लागी समेत प्रतिक्षा गरिएको यो एसयूभी छिट्टै नेपाल आउने आधिकाकिर वितरक सिजी मोटोकर्पले बताएको छ । विगत ८ महिनायता सवारीसाधनको आयतमाथी प्रतिवन्ध लागेका कारण नेपाल आउन नसकेको यो एसयूभी हाल प्रतिवन्ध हटिसकेका कारण नेपाल आउने तयारीमा रहेको कम्पनी स्रोतको भनाई छ ।
मारुती सुजुकीको स्विफ्ट ह्याचब्याक आगामी वर्ष नयाँ अपडेट मोडलमा आउने भएको...
काठमाडौं–सुजुकीले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम २५०...
भारतको अटो बजारमा गत आर्थिक वर्षको बिक्री विवरण सार्वजनिक भएको छ। अप्रिल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...