१५० र १२५ सिसीमा होण्डाका २ नयाँ स्कुटर आउने

होन्डा मोटरसाइकल इण्डियाले २ नयाँ स्कुटरको पेटेन्ट दर्ता गराएको छ । अन्तराष्र्टिय बजारमा बिक्री हुँदै आइरहेका १५० सिसीको विनर एक्स र १२५ सिसीको एनएस१२५एलए मोडललाई भारतमा उत्पादन गर्ने गरी पेटेन्ट दर्ता गराइएको हो । यी स्कुटरको उत्पादन कहिलेदेखी हुन्छ भन्ने विषयमा भने कुनै जानकारी वाहिर आएको छैन ।

यी दुई मोडलमध्ये विनर एक्स एक स्पोर्टी स्कुटर हो । जसमा १७ इन्चको एलोई ह्विल दिइएको छ । यसमा जडान गरिएको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिनको पावर १५.६ एचपी र टर्क १३.५ एनएम रहेको छ । यसमा ६ स्पिड गियरवक्स जडान गरिनेछ ।

फिचरको मामलमा यो स्कुटर प्रिमियम हुने जनाइएको छ । यसमा एविएस, किलेस स्टार्ट, पूर्णत डिजिटल इन्स्ट्रयुमेन्ट, यूएसवी चार्जिङ पोर्ट र सम्पूर्ण भागमा एलइडी लाइट लगायत उपलब्ध हुनेछ ।

यसैगरी अर्को फेमिली स्कुटर एनएस१२५एलएमा १२४.९ सिसीको एयरकुल्ड इन्जिन जडान हुनेछ । यसको अधिकतम पावर ८.७९ एचपी र टर्क ९.८७ एनएम रहनेछ । यो स्कुटरपनि विनर एक्स जत्तिकै फिचर लोडेड हुने भएपनि एबिएस भने उपलब्ध हुनेछैन ।

सम्बन्धित समाचारहरू

स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु

स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु

काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले...

यी हुन होन्डाको नेपाली बजारमा उपलब्ध बिग बाइक, मूल्य ३४ लाख ५० हजारसम्म

यी हुन होन्डाको नेपाली बजारमा उपलब्ध बिग बाइक, मूल्य ३४ लाख ५० हजारसम्म

होन्डा नेपाली अटो बजारमा सर्बाधिक रुचाइएको टु ह्विलर ब्रान्ड हो । ६ दशक अघि...

होन्डा एलिभेट भोली नेपालमा लन्च हुँदै, यस्तो छ मूल्य र फिचर

होन्डा एलिभेट भोली नेपालमा लन्च हुँदै, यस्तो छ मूल्य र फिचर

काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...