मधेश प्रदेशमा तिर्नु पर्ने सवारी कर : यस्तो छ सबै साधनको दर

मधेश प्रदेशमा मोटरसाइकल तथा स्कुटर अन्तर्गत १२५ सीसीसम्मको लागि २७००, १२६ सीसीदेखि १६० सीसीसम्मको लागि ४५००, १६१ सीसीदेखि २५० सीसीसम्मको लागि ६ हजार, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि १० हजार र ४०१ सीसीभन्दा माथि १७ हजार रुपैयाँ करको दर रहेको छ।

यसैगरी चारपांङ्ग्रे कार, जिप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको २० हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २२ हजार, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३५ हजार, २५०१ सीसीदेखि २९०० सीसीसम्म ३४ हजार र २९०१ सीसीदेखि माथि ५५ हजार रुपैयाँ कर तिर्नुपर्छ।

त्यसैगरी डोजर, एस्काभेटर, लोडर, रोलर, टिपर, क्रेनजस्ता सवारीसाधनमा वार्षिक सवारी कर ३५ हजार रुपैयाँ तोकेको छ। साथै, मिनी टिपरको २५ हजार, ट्रयाक्टरको चार हजार, मिनीट्रक/ मिनीबसको २२ हजार र ट्रक÷बसको ३० हजार रुपैयाँ तोकिएको छ। अटोरिक्सा, तीनपांग्रे तथा टेम्पोका लागि पाँच हजार र पावर टिलरका लागि दुई हजार रुपैयाँ तोकिएको छ।

भाडाका सवारीमा भने फरक करको दर कायम गरिएको छ। भाडाका कार, जिप, भ्यानमा १३०० सीसीसम्मका आठ हजार, १३०१–२००० सीसीसम्मका लागि नौ हजार, २००१–२९०० सीसीसम्मका लागि ११ हजार, २९०१–४००० सीसीसम्मका लागि १३ हजार र सोभन्दा माथिका लागि १५ हजार रुपैयाँ सवारी कर निर्धारण गरिएको छ।

भाडाका डोजर, एस्काभेटर, लोडर, रोलर, टिपर, क्रेनजस्ता सवारीसाधनमा वार्षिक सवारी कर १७ हजार रुपैयाँ तोकेको छ। साथै ट्याक्टरको चार हजार, मिनीट्रक/मिनीबसको १२ हजार र ट्रक/बसको १६ हजार रुपैयाँ र मिनी टिपरका लागि १४ हजार रुपैयाँ तोकिएको छ। पावर टिलरको दुई हजार र अटो रिक्सा, तीनपांग्रे तथा टेम्पोको चार हजार रुपैयाँ छ।

सम्बन्धित समाचारहरू

माइलेज बढाउन नयाँ सेलेरियोमा गरिएका छन यस्ता परिबर्तन

माइलेज बढाउन नयाँ सेलेरियोमा गरिएका छन यस्ता परिबर्तन

मारुती सुजुकीको निकै नै लोकप्रिय ह्याचब्याक सेलेरियोको नयाँ मोडल नेपाल...

नयाँ फिचर सहित २०२२ मारुती सुजुकी ब्रेजा जुनमा लन्च हुने पक्का

नयाँ फिचर सहित २०२२ मारुती सुजुकी ब्रेजा जुनमा लन्च हुने पक्का

मारुती सुजुकीले लोकप्रिय एमपीभी अर्टिगा र एक्सएल६को अपडेटेड भर्सन लन्च...

अर्को नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

अर्को नयाँ एड्भेन्चर मोटरसाइकल नेपाल आउँदै, यस्तो छ फिचर, पावर र पर्फमेन्स

सुजुकीले केही समयअघि भारतमा लन्च गरेको एड्भेन्चर टुरर वाइक भी स्ट्रोम २५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...