४५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउदै रोयल इन्फिल्ड

रोयल इन्फिल्डले ४५० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्ड इन्जिनमा आधारित एड्भेन्चर टुरर बाइकको परीक्षण गरिरहेको छ । सो बाइक अर्काे वर्ष लन्च हुने रोयल इन्फिल्डको पहिलो बाइक हुनेछ । कम्पनीले यसलाई हिमालयन ४५० नाम दिएको छ ।

सो बाइकमा सिंगल पिस फ्ल्याट सिट सेटअप, उच्च ग्राउन्ड क्लियरेन्स र लामो सस्पेन्सन हुनेछ । यसले रोयल इन्फिल्डलाई भविष्यमा डकार ¥यालीमा प्रवेश गर्न मद्दत गर्न सक्छ ।

हिमालयन ४५० मा नेकेड रोडस्टरको सिटको उचाई कम हुनेछ र फरक फरक भेरिएन्टमा अलोय ह्विल र वायर स्पोक ह्विल समावेश हुनेछ । रोडस्टरको परीक्षण प्रोटोटाइप एक स्लिम फ्युल ट्यांक, एलईडी हेडल्याम्प र टेलल्याम्प, एलईडी टर्न सिग्नल, अफसेट मोनोशक रियर सस्पेन्शन हुनेछ ।

रोयल इन्फिल्डको पाइपलाइनमा अन्य ४५० सीसीको बाइक स्क्रयाम्बलर र फेयर क्याफे रेसर पनि रहेको छ । नेकेड रोडस्टरमा क्लिप अन ह्यान्डलबार र बिकनी फ्रन्ट फेयरिङको तल सिट हुनेछ ।

नयाँ स्क्रयाम्बलरमा लामो ह्यान्डलबार सेटअप, अगाडि र पछाडि वायर स्पोक ह्लि, अन्डरसिट एक्जस्ट युनिट, फ्रन्ट बिक, फ्ल्याट बेन्च सिट, शर्ट फेन्डर हुने अनुमान गरिएको छ । रोयल इन्फिल्डको नयाँ बाइकको चारै तिर एलईडी लाइटिङको साथमा इन्स्ट्रयुमेन्ट कन्सोल पनि हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...