अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम) मा नेपाल

अन्तर्राष्टिय मोटरसाइक्लिङ फेडेरेसन (एफआईएम) को वार्षिक सधारण सभा इटालीको रिमिनी शहरमा चलिरहेको छ । गत डिसेम्बर १ मा प्रारम्भ भएको सो सभा आगामी डिसेम्बर ५ सम्म चल्ने छ ।

सधारण सभाले आगामी चार बर्षको लागि अध्यक्ष र केही रिक्त सदस्यको समेत निर्वाचन गर्नेछ । जसको लागि बहालवाला अध्यक्ष पोर्चुगलका जर्ज भेगास पुनः उम्मेदवार छन्। नेपालको तर्फबाट नासा नेपाल उनको समर्थक समेत रहेको छ ।

नेपालबाट नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) पुर्ण सदस्यको रुपमा सहभागी भइरहेको छ । प्रमुख सल्लाहकार गोविन्द भट्टराई र बागमती प्रदेश अध्यक्ष राजन पिया सो सधारण सभाको लागि इटली पुगेका छन् ।

साधारण सभाले वार्षिक प्रतिबेदन अनुमोदन गरी आगामी वार्षिक कार्ययोजना समेत पारित गर्नेछ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदन तथा महादेशीय रिपोर्ट समेत प्रस्तुत गरिने सो साधारण सभाले नेपाल लगायतका देशमा भएका परियोजना समेतको मुल्यांकन गर्नेछ। बिश्वका ११८ देशका मोटरसाइकल फेडेरेसनहरु सदस्य रहेको एफआईएमको स्पोर्ट्स र बियोन्ड स्पोर्ट्स गरी दुई वटा टायर रहेका छन् भने गत वर्षदेखि मोटरसाइकल फाउन्डेसन नामक तेस्रो टायर समेत थपिएको छ।

सन २०२२ का मोटोजिपी लागायतका सम्पुर्ण इभेन्टका विजेताहरुलाइ डिसेम्बर ३ तारिखका दिन अवार्ड सेरोमोनी मार्फत पुरस्कृत गरिने छ जुन एफआईएम साधारण सभाको मुख्य आकर्षण हो। त्यसैगरी एफआईएम एसियाको बार्षिक मिटिङ समेत सोही स्थानमा जनवरी ४ का दिन हुनेछ । सन् १९०४ मा स्थापित एफआईएम अन्तर्राष्ट्रिय ओपम्पिक कमिटीारा मान्यता प्राप्त संस्था हो ।

सो साधारण सभा तथा विभिन्न मिटिङ र छलफलमा भाग लिने नेपाली अफिसियललाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले काठमाडौको त्रिभुवन विमानस्थलमा विदाई गरेका थिए ।

सन् २०११ मा नासा नेपाल यसको सदस्य भएको हो भने सन् २०१२ देखि फुल मेम्बरको रुपमा सहभागी भैरहेको छ। १० वर्षको अवधिमा एफआईएमले नेपालमा विमेन इन मोटरसाइक्लिङ, टु व्हिल टुरिङग र सेफ्टी राइडिङ लागायतका कार्यक्रममा सहयोग गरिरहेको छ। त्यस्तै नेपाली राइडर्सले थुप्रै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाइसकेका छन्।

सम्बन्धित समाचारहरू

नेपालमा सडक दुर्घटना रोकथामका लागि ‘सेफट्रिप नेपाल’ को शुभारम्भ

नेपालमा सडक दुर्घटना रोकथामका लागि ‘सेफट्रिप नेपाल’ को शुभारम्भ

काठमाडौं – नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या समाधानका लागि नेपाल इन्जरी...

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी

भारतमा एसियन अटो जिमखाना च्याम्पियनसिपको तेस्रो राउण्डको फाइनल आज, नेपाली राइडर समेत सहभागी

काठमाडौं – एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...