यस्तो छ अर्जेन्टिनालाई हराएका साउदी खेलाडीले उपहार पाएको रोल्स रोयस कार

फिफा वर्ल्ड कप २०२२ मा साउदी अरबले अर्जेटिनालाई हराएर सबैलाई अचम्मित पारे पछि उनीहरुलाई अर्को सरप्राइज उपहार प्राप्त भएको छ ।

कतार स्टेडियममा भएको उक्त खेलमा साउदी अरबले अर्जेटिनालाई २–१ ले हराएको थियो । उक्त जितबाट खुशी हुँदै साउदी अरबका प्रिन्स मोहम्मद बिन सलामले टिमका सबै प्लेयर्सलाई रोल्स रोयस कार उपहार दिने घोषणा गरेका छन् ।

विश्वको ५१ औं स्थानमा रहेको साउदी अरब टिमले तेस्रो स्थानमा रहेको अर्जेटिनाका टिमलाई हराएकोमा साउदी अरबमा खुशीयालीको माहोल बनेको थियो । सो खेलमा लियोनल मेसीले हानेको १ गोल पनि फिक्का साबित भएको थियो ।

साउदी अरबका फुटबल खेलाडीहरुलाई उपहार स्वरुप दिइने रोल्स रोयल फेन्टम कारको मूल्य करिव १७ करोड रुपैयाँ सम्म पर्छ ।

रोल्स रोयस फेन्टम कारमा ६.७५ लिटरको ड्युअल पावर ट्युनिङ पेट्रोल इन्जिन रहेको छ । सो इन्जिनले ५३५० आरपीएममा ४५३ बीपीएचको पावर र ३५०० आरपीएममा ७५० बीएचपीको पावर जेनेरेट गर्छ । सो अर्काे इन्जिनले ५६३ बीएचपीको पावर र ९०० एनएमको टर्क जेनेरेट गर्छ ।

सो कारले ५.४ सेकेन्डमा ० देखि १०० किलोमिटर गति लिन्छ । यसमा ८ गियरबक्स दिइएको छ । कन्ट्रोलको लागि कारमा स्याटलाइट ट्रान्समिशन दिइएको छ । कम्पनीले सो कारमा कैयौं लक्जरी फिचर समावेश गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...