मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई गरियो सम्मान

काठमाडौं – फ्रान्सको मार्सेली सहरमा केही दिन पहिले सम्पन्न ओलम्पिक फम्र्याटको मोटर स्पोर्ट्समा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सस्कृति तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा नासा नेपालले उनीहरुलाई सम्मान गरेको हो ।

सो अवसरमा मन्त्री श्रेष्ठले ओलम्पिक फम्र्याटमा भएको सो विश्व स्तरको खेलका खेलाडीलाई सम्मान गर्न पाउदा आफू निकै नै खुसी भएको बताए । उनले मोटर स्पोर्ट्स खेल र खेलाडीको विकासमा सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।

नेपालबाट टिम कप्तान अनिल कुमार बराल तथा जिस्वन तुलाधर अटो स्लालम विधामा सहभागी भएका थिए भने दिप्रश शाक्य कार्टिङ विधामा एि । खेलको व्यवस्थापकिय जिम्मेवारी यदुराज लामिछाने तथा सिर्जन अर्यालले लिएको थिए ।

टिमका व्यवस्थापक यदुराज लामिछाने तथा अपिÞmसियल सिर्जना अर्याललाई अवार्ड अफ एप्रिसिएन तथा प्रमाणपत्र दिइएको थियो भने खेलाडीहरुलाई अवार्ड अफ स्पोर्ट्सम्यानसिप र अवार्ड अफ एक्सिलेन्स प्रदान गरिएको थियो ।

यसरी खेलाडीहरुलाई सम्मान गर्न पाउदा निकै खुसी लागेको बताउदै नासा नेपालका अध्यक्ष दशरथ रिसालले तालिमको व्यवस्था गर्न सके नेपालले समेत आगामी दिनमा पदक ल्याउन सक्ने अवस्था रहेको बताए ।

वरिष्ठ पत्रकार टीकाराम यात्रीले मोटर स्पर्ट्स खेल २०२२ को आफ्नो अनुभव बाँडेका थिए भने टिम म्यानेजर यदुराज लामिछानेले आफ्नो नेतृत्वमा नेपाली झन्डा फहराउने अवसर पाएकोमा गर्वको अनुभूति भएको बताए ।

नासा नेपालका बरिष्ठ सल्लाहकार तथा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपालमा मोटर स्पोर्ट्सको भविष्य रहेको र नयाँ पुस्ता निकै नै आकर्षित भएका कारण पनि देशले यो विधाबाट अन्तर्रास्ट्रिय जगतमा एउटा छुट्टै पहिचान बनाउनेमा ढुक्क रहेको बताए ।

नासा नेपालका एथ्लेट कमिसन प्रमुख उपेन्द्र प्याकुरेल खेलाडीको हकहितमा सधै आफू लागि रहने अनि यस्ता सम्मानले खेलाडीको आत्मबल बढ्ने तथा भविष्यमा अझै उत्कृष्ट नतिजा ल्याउने बताए ।

नासा एथ्लेट काउन्सिलका सचिव कष्ण पौडेलद्वारा संचालित कार्यक्रममा विभिन्न मिडियाकर्मी व्यक्तित्व, कलाकार, मोटर स्पोर्ट्स खेलाडी एवं नासा नेपालका विभिन्न पदाधिकारी उपस्थित कार्यक्रममा सो सम्मान गरिएको थियो । ,

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम सम्पन्न

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन एशिया रेस अफिसियल तथा मार्सल तालिम...

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता, बुझाइयाे प्रतिवेदन

सार्वजनिक यातायातकोे सुधारमा भरतपुर महानगरको प्रतिबद्धता, बुझाइयाे प्रतिवेदन

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई महानगरको सार्वजनिक...

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...