आगामी माघ ३ गते काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल आयोजना गरिने

काठमाडौं – आगामी २०७९ माघ ३ गते अर्थात सन् २०२३ जनवरी १६ तारिखका दिन ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ । यो भन्दा पहिले दुई पटक भइसकेको फिल्म फेस्टिभलको यो तेस्रो संस्करण हो ।

ग्लोबल एलायन्स अफ एनजिओज फर रोड सेफ्टी, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसनले नेपालमा आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभुत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ । ‘मोटरसाइक्लिङ्ख सेफ्टी’ मुख्य थिम रहेको सो फिल्म फेस्टिभल इन्टरनेसनल रोड सेफ्टी फिल्म फेस्टिभलमा आवद्घ रहेको छ ।

फिल्म फेस्टिभलमा विभिन्न प्रतियोगीहरुले सडक सुरक्षा, सेफ्टी राइडिङ र हेल्मेट तथा भयरहित यात्राको अधिकार सम्बन्धी फिल्म प्रदर्शन गर्नेछन् । प्रतियोगीले बढीमा १० मिनेटको फिल्म देखाउन सक्ने छन्, जस अन्तर्गत डिसेम्बर ३० भित्र आ–आफ्नो फिल्मको अवधारणा (Concept) वुझाइसक्नु पर्नेछ भने छनोटमा परेका १० देखि १५ वटा अवधारणालाई प्रक्रियामा सामेल गराइनेछ । विभिन्न छलफल, ओरिएन्टेसन (Orientation) र निर्माणको चरण पार गरेका १० वटा फिल्मलाई प्रतिस्र्धामा समावेश गरिनेछ ।

अन्तिम दिनमा दरवारमल स्थित दरवार सिनेम्याक्समा फिल्म प्रदर्शन गरिने छ । उतm फिल्म फेस्टिभलमा यातायातका सरकारी निकाय, ट्राफिक प्रहरी, स्वास्थ्य र सुरक्षा सम्बन्धी निकायहरु, अटोमोबाइल सम्बन्धी व्यावसायिक प्रतिष्ठानहरु, स्थानीय निकाय, सरकारी, गैरसरकारी संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यावसायिक संस्थाको समेत सहयोग रहनेछ ।

सो अवसरमा फिल्म प्रदर्शनसँगै अवार्ड प्रोग्राम, अन्तरक्रिया तथा सडक र सुरक्षा सम्बन्धी विभिन्न विषयमा प्रदर्शनी समेत गरिने छ ।

सन् २०१८ बाट नासा नेपालले सडक सुरक्षाको क्षेत्रमा काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल शुरु गरेको थियो भने २०२० मा दोश्रो फिल्म फेस्टिभल आयोजना गरेको थियो ।

कुल १२ लाख ५० हजार अनुमानित खर्च लाग्ने सो फिल्म फेस्टिभलको लागि ईश्वर बल्लभ उप्रेतीको संयोजकत्वमा एक समिति गठन गरिएको नासा नेपालले जनाएको छ ।

नासा फाउण्डेसन, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को सडक सुरक्षा, मोबिलिटी र कल्याणकारी कार्यको लागि स्थापित संस्था हो ।

सम्बन्धित समाचारहरू

नासा नेपालको डेढ दशक : टोल देखि वर्ल्ड सम्म

नासा नेपालको डेढ दशक : टोल देखि वर्ल्ड सम्म

नासा नेपाल : एक परिदृष्यनेपाल अटोमोबाइल्स संघ (नासा नेपाल) राष्ट्रिय खेलकुद...

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

जापानमा एसिया प्यासिफिक अटोमोबाइल बिजनेस फोरम, नासा नेपालका महेश अधिकारी सहभागी हुँदै

काठमाडौं – एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस...

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...