अल्टो भन्दा सानो सबैभन्दा सस्तो इलेक्ट्रिक कार आउँदै, टाटा टियागोसँग प्रतिस्पर्धा हुने

इलेक्ट्रिक सवारी निर्माता कम्पनी पीएमभीले आफ्नो पहिलो र सबैभन्दा सस्तो इलेक्ट्रिक कार ईजी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यो इलेक्ट्रिक कार भारतमा नोभेम्बर १६ मा लन्च गर्न लागेको छ ।

पीएमभी ईजी कार माइक्रो इलेक्ट्रिक कार हुनेछ । यो कार आकारमा मारुती अल्टो भन्दा सानो हुनेछ र यसमा ४ सिट क्षमता हुनेछ । सो कारको लम्बाई २९१५ एमएम, चौडाइ ११५७ एमएम, उचाई १६०० एमएम, ह्विलबेस २०८७ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम हुनेछ । यसको वजन लगभग ५५० किलोग्राम हुनेछ ।

पीएमभी ईजी कारमा १० केडब्ल्युएच लिथियम आइरन फस्फेट ब्याट्रीको साथमा १५ केडब्ल्युएच पीएमएसएम इलेक्ट्रिक मोटर जडान गरिनेछ । यसको टप स्पिड ७० किमी प्रतिघण्टा हुनेछ । कम्पनीका अनुसार सो इलेक्ट्रिक कार ३ वटा भेरिएन्टमा उपलब्ध हुनेछ, जसमा प्रति चार्ज १२० किलोमिटरदेखि २०० किलोमिटरको रेन्ज दिइनेछ ।

कम्पनीले सो कार मिड भेरिएन्ट र टप भेरिएन्ट लन्च गर्न सक्छ । सो कार १० रंगमा उपलब्ध हुनेछ । यसको १६० किमी रेन्जको माइक्रो इलेक्ट्रिक कारको मूल्य ४ देखि ५ लाख भारु हुने सम्भावना छ ।

पीएमभी इलेक्ट्रिकका संस्थापक कल्पित पटेलले सो माइक्रो इलेक्ट्रिक कार डायरेक्ट–टू–कन्ज्युमर विजनेस मोडलको आधारमा बिक्री गरिने बताए । सो कार वार्षिक १५ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

सो कारको डिजाइन केही हदसम्म सिट्रोन एएमआई र एमजी ई२०० सँग मिल्दोजुल्दो छ । सो कारले टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

दाइहात्सुले सार्वजनिक ग-यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्सियल भ्यान, २५७ किमी रेन्जको दाबी

दाइहात्सुले सार्वजनिक ग-यो दुई नयाँ इलेक्ट्रिक मिनी कमर्सियल भ्यान, २५७ किमी रेन्जको दाबी

जापानी अटोमोबाइल निर्माता कम्पनी दाइहात्सु मोटरले आफ्ना दुई लोकप्रिय...

अथरले ६ दिनपछि ४५० एक्सको फेसलिफ्ट भर्सन लन्च गर्ने, रेन्ज १४६ किलोमिटर पुग्ने अनुमान

अथरले ६ दिनपछि ४५० एक्सको फेसलिफ्ट भर्सन लन्च गर्ने, रेन्ज १४६ किलोमिटर पुग्ने अनुमान

इलेक्ट्रिक टु ह्विलर निर्माता अथरले ६ दिनपछि आफ्नो फ्ल्यागसिप मोडल ४५०...

२०३० सम्ममा सम्पूर्ण रेन्जलाई इलेक्ट्रिफाई गरिसक्ने रोल्स रोयसको उद्घोष

२०३० सम्ममा सम्पूर्ण रेन्जलाई इलेक्ट्रिफाई गरिसक्ने रोल्स रोयसको उद्घोष

बिलासी कार उत्पादक रोल्स रोयसले सन् २०३० सम्ममा आफ्ना सम्पूर्ण रेन्जलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...