हिरो एक्सपल्स २००टी अब नयाँ फोरभी इन्जिनमा
हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा...
हिरो मोटोकर्पले केही समय पछि लन्च गर्ने तयारी गरिरहेको २०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक गरेको छ । सोसल मिडिया ह्यान्डलमा सार्वजनिक गरिएको टिजर अनुसार पहिले भन्दा यसमा केही कस्मेटिक अपडेट गरिने छ भने नयाँ कलर स्किम समेत थप हुनेछ ।
केही समय पहिले टीभीसी सुटको क्रममा समेत यो देखिएको थियो । त्यो समयमा फोर्क कभर गेटर्स, हेडल्याम्प माथि नयाँ भाइजर, न्यु पेन्ट स्किम र अन्य केही परिवर्तन हुने समाचारले चर्चा पाएको थियो । यद्यपि यसको सबैभन्दा ठूलो परिवर्तन भने पावरट्रेनमा हुनेछ ।
यसमा हिरो एक्सपल्स २०० फोरभीमा जस्तै १९९.६ सीसीको इन्जिन हुनेछ, जसले १८.९ बीएचपी पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई फाइभ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । त्यसैगरी यसमा टर्न बाई टर्न नेभिगेसन सहितको ब्लुटुथ–पावर्ड डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, युएसबी चार्जिङ पोर्ट जस्ता फिचर हुनेछन् ।
अन्य कुरा भने यथावत हुनेछन् । यसमा सिंगल च्यानल एबीएस सहितको डिस्क ब्रेक हुनेछ ।
हाल नेपाली बजारमा समेत हिरो एक्सपल्स २००टी फोरभी उपलब्ध छ । यसको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ । भारतमा भने यसको मूल्य १ लाख २४ हजार भारु छ । नयाँ भर्सनको एड्भेन्चर बाइकको मूल्य यो भन्दा केही बढी हुने अनुमान गर्न सकिन्छ ।
हिरोले भारतमा एक्सपल्स २००टी फोरभी लन्च गरेको छ । एक्सपल्स २००टी फोरभीमा...
काठमाडौं – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले बडा...
हिरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो मोटरसाइकल लोगो बनाएर गिनिज वर्ल्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...