एफआईए मोटरस्पोर्ट गेम्समा पहिलो पटक सहभागी नेपाली रेसरहरुको शानदार प्रदर्शन

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन डेल अटोमोबाइल्स (एफआईए) द्वारा फ्रान्सको मार्सेली सहरमा ओलम्पिक र्फम्याटमा आयोजित FIA Motorsport Games 2022 मा पहिलो पटक सहभागिता जनाएको नेपाली टिमले शानदार प्रदर्शन गरेको छ ।

मोटर स्पोर्ट्सका राष्ट्रिय खेलाडी अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्यले नासा नेपालको तर्फबाट सो प्रतियोगितामा क्रमशः अटो स्लालम र कार्टिङ स्प्रिन्ट सिनियर विधामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा यदुराज लामिछाने, सृजना बराल र टीकाराम यात्री अफिसियल तथा मिडिया पर्सनको भूमिकामा सहभागी थिए। यही अक्टोबर २६ मा शुरु भएको सो वर्ल्ड इभेन्टमा १७ भन्दा बढी बिधाहरु (डिसप्लिन) समावेश गरिएको थियो भने विश्व भरीका नेसनल एथलेटहरु सहभागी भएका थिए। यसलाई मोटर स्पोर्ट्सको संसारमा वर्ल्ड कप सरहको रुपमा हेरिन्छ ।

प्रतियोगितामा नेपाली टिम पराजित भएपनि उत्कृष्ट प्रदर्शनका लागि अधिकांश देशका सहभागीले प्रशंसा गरेको बताइएको छ । राष्ट्रको झन्डा सहित प्रतिस्पर्धामा उत्रिएका राष्ट्र बीचको भब्य माहोलमा फहराउदा नेपाली टोली आफैमा एउटा जितको अनुभूति गरिरहेका थिए।

सरुवाती समय देखि नै हाम्रो जस्तो देश जहाँ प्रशिक्षण, तालिमको कुनै अवसर अनि सम्भावना नभएको पृष्ठभुमिमा तयार भएका यी खेलाडी, आफ्नु मातृभुमीलाई यति मात्र भए पनि चिनाउन पाएकोमा खुसी छन ।

विश्व बिजेताहरु बीचको प्रतियोगिताको बीचमा पनि नेपाली खेलाडी अनिल बरालको खेल हेर्न लायकको थियो । भारतका खेलाडी लगायत अन्य खेलाडीको समेत आँखाका केन्द्रबिन्दु बनेका नेपाली खेलाडीको युरोपेली स्तरको खेल प्रदर्शनले सबै चकित परेका थिए ।

यस प्रकारका खेलमा धेरै प्रबिधिक सहयोग पनि चाहिन्छ । बिना प्राबिधिक, कोच, बिना नै नेपालीहरुको उपस्थितिले अन्य खेलाडी अचम्मित मात्रै होइन कि दिप्रश शाक्य लगायत नेपाली खेलाडीको साहसको पनि गजबले खुलेर नै प्रसंशा गरेका थिए आयोजकहरुले ।

नासा नेपालका अध्यक्ष दशरथ रिसाल भन्छन् - फाट्टफुट्ट नेपालमा कता कता मोटर रेस अनि कम्पिटिसनका कुराहरु सुनिन लागेको भर्खर मात्र दुई तीन वर्ष जस्तो लाग्छ।। अनवरत रुपमा यसमा समर्पित नासा नेपाल आज पन्ध्रौं वर्षमा खेलाडीहरुलाई विश्व कप खेल्न पठाउदा नै निकै खुसी लागेको थियो । उनीहरुको प्रदर्शनबाट समेत हामी गौरवान्वित भएका छौ ।

संसारमै अत्यन्तै लोकप्रिय भनिएको मोटर स्पोर्ट्स नेपालमा भने ढेड दशक अगाडिबाट संस्थागत शुरुवात भएको हो । विश्वमै यसका दुइ दर्जन ज्यादा अन्तराष्ट्रिय प्रतिस्पर्धा भैरहेको अवस्थामा झन्डै झन्डै ओलम्पिक फम्यार्टमा भने केही वर्ष अगाडि मात्र मोटर स्पोर्ट्स गेम्सको शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको ब्रान्डिङ्ग, कर्पोरेट सहभागिता, ड्राइभर्स र टिमको ब्रान्डिङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्रान्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडीको सहभागिता मुख्य आधार हो ।

एफआईए मोटरस्पोर्ट गेम्सको यो दोस्रो संस्करण हो, जसमा ७२ देशका ४६२ राइडरहरु विभिन्न १६ विधाका लागि प्रतिस्पर्धा गरेका छन् ।

सम्बन्धित समाचारहरू

मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न

मोटरसाइक्लिङ स्पोर्टस तथा साहसिक खेलकुदमा युथ लिडरसिप प्रोग्राम सम्पन्न

काठमाडौं–नेपाल अटोमोबाइल्स एसोसिएशनद्वारा युवा नेतृत्व विकासका लागी...

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नासा नेपालले पायो अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ एफआईएमको प्रतिष्ठित अवार्ड

नेपालमा मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा...

F1  in Schools कार्यक्रममा राखेप सदस्य सचिव

F1  in Schools कार्यक्रममा राखेप सदस्य सचिव

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...