कति प्रकारका छन् इन्जिन आयल, कुन छ उत्तम ?

इन्जिन आयल कुनै पनि गाडीको लागि अति महत्वपुर्ण आयल हो । यसको काम इन्जिनलाई राम्रोसँग लुब्रिकेट गर्नु हो, जसले इन्जिनको आयु बढाउँछ । बजारमा धेरै प्रकारका इन्जिन आयलहरू उपलब्ध छन् । इन्जिन आयल कति प्रकारका छन् र कुन आयल कारको लागि उत्तम छन्, जान्नुहोस् ।

मिनरल आयल
मिनरल आयल इन्जिन आयलको सबैभन्दा सरल र कच्चा रूप हो । यो इन्जिन आयलको सबैभन्दा किफायती रूप पनि हो । यो आयल सामान्यतया साना टायर भएका साना कारहरूमा प्रयोग गरिन्छ । यसमा थोरै मात्र लुब्रिकेसन हुन्छ । साथै रिप्लेसमेन्ट इन्टरभल पनि कम हुन्छ ।

सेमी–सिन्थेटिक इन्जिन आयल
सेमी–सिन्थेटिक इन्जिन आयल सिन्थेटिक इन्जिन आयल र मिनरल आयलको मिश्रण हो । जसका कारण यसको मूल्य मिनरल आयल भन्दा बढी हुन्छ । यो सिन्थेटिक इन्जिन आयलको तुलनामा किफायती हुन्छ । यद्यपि यसमा सिन्थेटिक इन्जिन आयल जस्तै लुब्रिकेसन र सेफ्टी हुँदैन । तर, यो मिनरल आयल भन्दा राम्रो हुन्छ ।

सिन्थेटिक इन्जिन आयल
सिन्थेटिक इन्जिन आयल सम्भवतः सबैभन्दा राम्रो प्रकारको आयल हो । जसलाई विभिन्न टेस्ट र रिसर्च पछि तयारी गरिन्छ । यसमा कम अशुद्धता हुन्छ, जसको कारण यसको आयु पनि लामो हुन्छ । यसमा उच्च ताप सहनशीलताको क्षमता पनि हुन्छ । सिन्थेटिक इन्जिन आयल सबैभन्दा महँगो हुन्छ । तर, सिन् थेटिक इन्जिन आयल पुराना गाडीका लागि उपयुक्त हुँदैन ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जिक्युटिभ मिट २०८० कार्यक्रम सम्पन्न

नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सर्बाधिक बिक्री...

१० लाख लिटर विक्री लक्ष्यसहित पेट्रोनास लुब्रिकेन्ट्सको डिलर मिट कार्यक्रम सम्पन्न

१० लाख लिटर विक्री लक्ष्यसहित पेट्रोनास लुब्रिकेन्ट्सको डिलर मिट कार्यक्रम सम्पन्न

पेट्रोनास लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ...

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...