सरल फाइनान्स अन्तर्गत यी तीन विकल्पमा लिन सकिन्छ होन्डा ग्राजिया, यस्तो छ फिचर्स

होन्डा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सरल फाइनान्स अन्तर्गत मोटरसाइकल र स्कुटर खरिद गर्न चाहने ग्राहकलाई तीन मध्ये कुनै एक विपल्प छनोट गर्ने अवसर दिएको छ । जसमध्ये होन्डाको लोकप्रिय स्कुटर ग्राजिया खरिद गर्दा ग्राहकले सवैभन्दा कम दरको व्याज, सवैभन्दा कम रकम दैनिक किस्ता र कम रकम डाउनपेमेन्ट मध्ये एक छनोट गर्न पाउनेछन् ।

यो अफर अन्तर्गत ग्राहकले ५.८९ प्रतिशत व्याजदर, १७४ रुपैयाँ दैनिक किस्ता र ३० प्रतिशत रकम डाउनपेमेन्ट मध्ये एक छनोट गर्न पाउने भएका हुन् । कुल २ भेरिएन्टमा उपलब्ध ग्राजिया विएस६ को मूल्य नेपाली बजारमा डिआरएको २ लाख ८० हजार र डिएसएसको ३ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तो छ पावर र फिचर्स
यो स्कुटरमा १२४ सीसीको विएस६ इन्जिन जडान गरिएको छ, जसले ६००० आरपीएममा ८.२५ पीएस पावर र ५००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा उपलब्ध नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरमा रियल टाइम माइलेज, एभरेज माइलेज, डिस्ट्यान्स टु इम्पिटी जस्ता फिचरवारे जानकारी लिन सकिन्छ । यसका साथै साइड स्ट्याण्ड इन्डिकेटर, इन्जिन कट अफ जस्ता स्मार्ट प्रविधि पनि यसमा छन ।

यसमा स्प्लिट एन्ड पोजिसन ल्याम्प तथा हेडल्याम्प रहेको यो स्कुटरमा १७१ एमएम सम्मको ग्राउन्ड क्लियरेन्स रहेको छ र होन्डाले यसलाई बेस्ट इन क्लास भनेको छ । स्कुटरमा भएको आइडलिङ स्टप सिस्टमले इन्धन बचाउन सहयोग गर्छ ।

सम्बन्धित समाचारहरू

प्रोडक्ट रेन्ज बढाउँदै होन्डा, क्रुजर सेग्मेन्ट पछि अब पालो एड्भेन्चर र रेट्रो लुकको

प्रोडक्ट रेन्ज बढाउँदै होन्डा, क्रुजर सेग्मेन्ट पछि अब पालो एड्भेन्चर र रेट्रो लुकको

जापनिज टु ह्विलर कम्पनी होन्डाले पछिल्लो समय प्रोडक्ट रेन्ज थप गर्दै...

होन्डाको भी३ इन्जिन थप परिस्कृत भएर आउने

होन्डाको भी३ इन्जिन थप परिस्कृत भएर आउने

होन्डाले आफ्नो उच्च सिसी मोटरसाइकलका लागि नयाँ इन्जिन विकासको घोषणा गरेको...

बजेट पश्चात होन्डाका यी दुई बिग बाइकको बढ्यो मूल्य, यस्तो छ अबको मूल्य

बजेट पश्चात होन्डाका यी दुई बिग बाइकको बढ्यो मूल्य, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा सीबी ३५० सिरिजका दुई मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...