नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं – नेपाल ल्युब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको बताएको छ ।

कम्पनीले साधारण सभामार्फत शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्। शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं ।’

बैठकपछि कम्पनीको कार्यसम्पादनबाट शेयरधनीहरु निकै उत्साहित देखिन्थे । कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य शेयरधनीहरूले आ–आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल ल्युब आयल लिमिटेड अन्य लिमिटेड कम्पनीहरुका लागि रोल मोडल हो, कम्पनीले सेयरधनीहरुलाई नियमित रुपमा उच्च बोनस प्रदान गर्दै आएको छ, यस कम्पनीसँग आबद्ध हुन पाउँदा हामी गर्व महसुस गर्दछौ ।’

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो र यसको ब्रान्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम रहेको छ ।

त्यस्तै गल्फ लुब्रिकेन्ट्स नेपालको समेत मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्रान्डको रुपमा चिनिन्छ । गल्फ ब्रान्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

रुसका तेल भण्डारमा युक्रेनको आक्रमण, १० ठुला तेल भण्डार ध्वस्त

युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ। रूसको राष्ट्रपति भवनमा...

गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयलले साधारण सभामार्फत बोनस र नगद लाभांश दिने

गल्फ लुब्रिकेन्टको उत्पादक नेपाल ल्युब आयलले साधारण सभामार्फत बोनस र नगद लाभांश दिने

काठमाडौं – गल्फ लुब्रिकेन्टको वितरक तथा उत्पादक नेपाल ल्युव आयल लिमिटेडले...

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

ओम्नी इन्टरनेश्नलबाट गुम्यो भल्भोलिन लुब्रिकेन्ट्सको डिलरशिप, नयाँ बिक्रेतामा जगदम्बा मोटर्स

काठमाडौं– विश्वकै पुरानोमध्ये एक लुब्रिकेन्ट्स ब्राण्ड भल्भोलिनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...