नहट्ने भयो आयात प्रतिबन्ध : फेरि मंसिर मसान्त सम्म लम्बिने संकेत

काठमाडौं – आज असोज २८ । सरकारले अटोमोबाइल लगायतका विभिन्न वस्तुहरुमा लगाएको आयात प्रतिबन्धको अन्तिम समय सीमा । तर अब पनि सो प्रतिबन्ध नहट्ने भएको छ ।

मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको छ।

विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न प्रस्ताव गरिएको बताइएको छ ।

देशको आर्थिक अवस्थामा खासै सुधार नभएको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयात प्रतिबन्धलाई निरन्तरता दिनपर्ने पहिल्यैदेखि बताउँदै आएका छन्।

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गते देखि जिप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको छ । त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पु¥याएको थियो । तर हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेका छन् । सरकारले यी वस्तुमा पाँच महिनाअघि लगाएको प्रतिबन्धको म्याद आजबाट सकिँदै छ।

देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजस्व बुझाउदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु-याउने नेपालको अटोमोबाइल क्षेत्र हो । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको बताएको छ ।

नाडा अध्यक्ष ध्रुव थापाले अब प्रतिबन्ध खुल्नु पर्ने र यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन् । नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जिप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट हुन्छ । तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरव योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जिप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजस्व योगदान पु(याउने गर्दछ ।

सम्बन्धित समाचारहरू

नेपालमा मोटर बिमाको अवस्था सुधारका लागि ६ सुझाव

नेपालमा मोटर बिमाको अवस्था सुधारका लागि ६ सुझाव

नेपालमा सवारी साधन अर्थात मोटर बिमा बिस्तारमा अटो व्यवसायको महत्वपूर्ण...

पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, राजपत्रमा आदेश जारी

पेट्रोलमा इथानोल मिसाउने बाटो खुल्यो, राजपत्रमा आदेश जारी

काठमाडौं–सरकारले पेट्रोलमा इथानोल मिसाएर प्रयोग गर्ने व्यवस्था लागू...

तीन स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने

तीन स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिने

सरकारले देशका विभिन्न तीन स्थानमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...