ग्राहक झुक्याउदै छ कियाको नयाँ लोगो : प्रत्येक महिना ३० हजारले केएन कार भनेर गर्छन् गुगल सर्च
कियाले सन् २०२१ मा रेकर्ड ब्रेकिङ पाइरोटेक्निक डिस्प्ले सहितको नयाँ लोगो...
सेप्टेम्बरमा इलेक्ट्रिक टु ह्विलर सेग्मेन्टमा नम्बर १ स्थानमा रहन सफल ओला इलेक्ट्रिकले भारतीय बजारमा नयाँ धमाका गर्ने तयारी गरेको छ । ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले अक्टोबर २२ मा ओलाले ठूलो घोषणा गर्ने बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार ओलाले नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने अनुमान गरिएको छ । यसको लागत लगभग ८० हजार भारु हुनेछ । ओलाका नयाँ इलेक्ट्रिक स्कुटरमा ओला एस१ मा जस्तै फिचर हुनेछ, तर यसमा सानो ब्याट्री प्याक हुनेछ । यसो भयो भने ओलाको सो स्कुटर आगामी दिनमा निकै नै कम मूल्यको स्कुटर हुनेछ ।
ओलाले एस१ स्कुटरमा ८.५ किलोवाटको पावर जेनेरेट गर्ने मोटर जडान गरेको छ । सो मोटर ३.९ किलोवाट क्षमताको ब्याट्रीसँग जोडिएको छ । यसले ३ सेकेण्डमा ० देखि ४० किलोमिटरको स्पिड लिन्छ । यसको टप स्पिड ११५ किमी प्रति घण्टा छ र यसले सिंगल चार्जमा १८१ किलोमिटरसम्मको रेन्ज दिन्छ ।
कम्पनीले यसमा ७५० वाटको पोर्टेबल चार्जर उपलब्ध गराउनेछ जसको मद्दतले ६ घण्टामा ब्याट्री फुल चार्ज हुनेछ । ओलाको हाइपरचार्जर स्टेशनले १८ मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।
स्कुटरमा रिभर्स मोड, क्रुज कन्ट्रोल, फ्रन्टमा मोनोशक र फ्रन्ट तथा रियरमा डिस्क ब्रेक, ७ इन्चको टचस्क्रिन डिस्प्ले, अक्टा–कोर प्रोसेसर र ४जी, वाइफाइ र ब्लुटुथ कनेक्टिभिटीलाई सपोर्ट गर्ने ३ जीबी ¥याम भएको चिपसेट जस्ता फिचर समावेश छ ।
स्मार्टफोन एप र स्क्रिनको मद्दतले यसलाई लक अनलक गर्न सकिन्छ । स्कुटरको स्पिडोमिटर पनि परिवर्तन गर्न सकिन्छ । यसमा नेभिगेसन, स्पिडोमिटर, संगीत जस्ता विभिन्न चिजहरू परिवर्तन गर्न सकिन्छ । स्कुटरको स्पिड पनि सेट गर्न सकिन्छ ।
कियाले सन् २०२१ मा रेकर्ड ब्रेकिङ पाइरोटेक्निक डिस्प्ले सहितको नयाँ लोगो...
किया इन्डियाले सन् २०२६ को फेब्रुअरी महिनामा उल्लेखनीय बिक्री वृद्धि...
कियाले चाँडै नै आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...