टोयोटाका ईभी र हाइब्रिड एसयूभीमा समस्या, १.७६ लाख गाडी फिर्ता
काठमाडौं–जापानी अटो निर्माता टोयोटाले चीनमा बिक्री भएका १ लाख ७६ हजार ७३७...
जापनिज अटो निर्माता टोयोटाले हिजो भारतमा कोरोला एल्टिसलाई फ्लेक्स फ्यूल इन्जिनमा उतारेको छ । पेट्रोल र इथानोलसंगै व्याट्रीबाट समेत चल्ने यो कार भारतको पहिलो फ्लेक्स फ्यूल इन्जिन कार हो । जसलाई भारतका युनियन मिनिस्टर नितिन गड्करीले सार्वजनिक गरेका हुन् ।
हाइव्रिड पावरटे«न दिइएको यो सेडान कारमा १.८ लिटर पेट्रोल इथानोल इन्जिन जडान गरिएको छ । २० देखी सत् प्रतिशतसम्म इथानोल प्रयोग गर्न मिल्ने यो कारको अधिकतम पावर ७५.३ किलोवाट र टर्क १४२ एनएम रहेको छ । कारमा १.३ किलोवाट आवर क्षमताको व्याट्री प्याक समेत जडान गरिएको छ ।
इन्धनको खपत कम गर्न र प्रदुषण नियन्त्रण गर्न भन्दै भारतमा पछिल्लो समय फ्लेक्स फ्यूल इन्जिनयुक्त कारको विकासमा सरकारले जोड दिँदै लगेको छ । सोही अनुरुप टिभिएस, बजाज र हिरो जस्ता टु ह्विलर कम्पनीहरुले समेत इथानोलबाट चल्ने मोटरसाइकल र स्कुटरलाई तयार पारिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...