नेक्सनलाई उछिन्दै ब्रेजा बन्यो सेगमेन्टमा नम्बर १ कार, पन्चको पनि बम्पर बिक्री

सेप्टेम्बर २०२२ को कम्प्याक्ट एसयूभी सेगमेन्टको बिक्री तथ्याङ्क अनुसार भारतमा मारुती सुजुकी ब्रेजा नम्बर १ कम्प्याक्ट एसयूभी भएको छ । सो एसयूभी अगस्टमा पनि पहिलो नम्बरमा थियो । ब्रेजाले यसपटक पनि लोकप्रिय टाटा नेक्सनलाई उछिनेको छ ।

सेप्टेम्बर २०२२ मा मारुती ब्रेजाका १५ हजार ४४५ युनिट बिक्री भएका थिए । सेप्टेम्बर २०२१ मा यस कारको १ हजार ८७४ युनिट मात्र बिक्री भएको थियो । यो वर्ष ब्रेजाको सेलमा ७२४ प्रतिशतले वृद्धि भएको छ । सेप्टेम्बरमा नेक्सनको १४ हजार ५१८ युनिट बिक्री भएका थिए ।

टाटा पन्च माइक्रो एसयूभीले घरेलु बजारमा १२ हजार २५१ युनिट बिक्री गरी तेस्रो स्थान हासिल गरेको छ । नेक्सन र पन्च दुवैले गत महिना २६ हजार भन्दा बढी युनिट बिक्री गरेका थिए । यो एसयूभी अल्फा प्लेटफर्ममा आधारित छ ।

हुन्डाईको भेन्यु ११ हजार ३३ युनिटका साथ चौथो स्थानमा रह्यो । पछिल्लो वर्षको तुलनामा भेन्युको बिक्री ३९.२ प्रतिशत बढेको छ । हुन्डाई भेन्यु केही महिना अघि बाहिरी र भित्री परिवर्तनका साथ लन्च गरिएको थियो ।

रेनो काइगरले आठौं स्थानमा रह्यो, जबकि टोयोटा अर्बन क्रुजर र होन्डा डब्ल्युआर–भी शीर्ष दसमा परका छन् ।

सम्बन्धित समाचारहरू

अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने

अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने

मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय...

बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

बलेनो र वागन आरको फ्यूल पम्पमा समस्या, फिर्ता बोलाइयो १६ हजार कार

मारुती सुजुकीले फ्यूल पम्प मोटर कम्पोनेन्टमा हुने सम्भावित त्रुटिका कारण...

फोटो फिचरमा हेर्नुहोस, सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा

फोटो फिचरमा हेर्नुहोस, सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...