२०२३ मा भारतमा बाइक रेसिङ प्रतियोगिता मोटोजीपी आयोजना हुने

भारतमा आगामी वर्ष अर्थात सन् २०२३ मा मोटोजीपी प्रतियोगिता आयोजना हुने भएको छ । मोटोजीपीले हरेक वर्ष बाइक रेसिङ प्रतियोगिता आयोजना गर्ने गरेको छ । सो प्रतियोगिता भारतको नोएडामा आयोजना हुनेछ ।

सो रेसिङलाई ग्राण्ड प्रिक्स अफ इन्डिया नाम दिइएको छ । उक्त प्रतियोगिता सन् २०२३ को सेप्टेम्बर २२ देखि २४ सम्म भारतमा हुनेछ । विश्वको प्रमुख टु ह्विल रेसिङ च्याम्पियनसिप फर्मुला वान जस्तै मोटोजीपी बुद्ध इन्टरनेशनल सर्किटमा हुनेछ ।

यो त्यही सर्किट हो जहाँ २०११ देखि २०१३ सम्म फर्मुला वान रेसिङ भएको थियो । भारत ग्रान्ड प्रिक्स आयोजना गर्ने ३१औं देश हुनेछ ।

भारतमा आर्थिक समस्याका कारण रेस प्रमोटर्सले फार्मुला वान बन्द गरेका थिए । यस पटक एफएसएसले रेसिङ आयोजना गर्न लाखौं डलर खर्च गर्नेछ ।

मोटोजीपी रेसिङ इभेन्टहरूमा सवार र स्टाफ सहित करिब ५ हजार व्यक्ति संलग्न हुन्छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...