शनिबार इन्टरनेसनल फिमेल राइड डे, सिन्धुलीगढी सम्म महिला मोटरसाइकल -याली हुने
काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...
सिंगापुर ग्रान्ड प्रिक्स अर्थात छोटकरीमा सिंगापुर ग्रांपी आगामी आइतबार अक्टोबर २ तारिखमा सिंगापुरको प्रसिद्ध रेसिङ सर्किट ‘मरिना बे स्ट्रिट सर्किट’ मा आयोजना हुँदैछ । सो अवसरमा विभिन्न कम्पनीका रेसिङ ड्राइभरहरुले सडकमा कार कुदाएर कार रेसको रोमान्चकता सबैलाई बाँड्ने छन् ।
सडकमै अस्थायी रुपमा बनाइएकाले यसलाई स्ट्रिट सर्किट भनिएको हो । सिंगापुरको मरिना बे नजिक सो प्रतियोगिता आयोजना गरिन्छ । यसको लम्बाई ५.०६३ किलोमिटर छ र ६१ ल्यापमा प्रतियोगिता आयोजना हुन्छ । यसका आधारमा ड्राइभरहरुले समग्र ३०८.७०६ किलोमिटरको रेस पुरा गर्छन् ।

सन् २०२० र २०२१ को रेस कोभिडको कारणले हुन सकेको थिएन । दुई वर्ष पश्चात हुन लागेको रेस भएकाले पनि यसप्रति अहिले धेरैको चासो रहेको छ ।
२०२२ एफआईए फर्मुला वान वर्ल्ड च्याम्पियनसिप चाहिं फर्मुला वान कारहरुका बीच हुने मोटर रेसिङ च्याम्पियनसिप हो । फर्मुला वान वर्ल्ड च्याम्पियनसिपको यो ७३औं संस्करण हो । इन्टरनेसनल मोटरस्पोर्टको गभर्निङ बडी एफआर्ईए अर्थात फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइलद्वारा मान्यता प्राप्त सो रेस ओपन–ह्विल रेसिङका बीचमा हुने उच्च स्तरको प्रतिस्पर्धात्मक रेस हो ।
विश्वका विभिन्न स्थानमा हुने २२ ग्रांपी पश्चात विजेता घोषणा गरिन्छ । सिंगापुरमा हुने रेस चाहिं १७औं ग्रांपी हो । यो वर्ष चाहि. फिफा वर्ल्ड कप फुटबल समेत हुने भएको र सो समयमा ओभरल्याप नहोस् भन्ने उद्देश्यले अलि पहिले नै फर्मुला वान ग्रांपी सक्ने योजना छ ।

शुक्रबार र शनिबार फ्रि प्राक्टिस छ भने आइतबार अर्थात अक्टोबर २ मा रेस प्रतियोगिता हुनेछ । स्थानीय समय अनुसार बेलुकी ८ बजे हुने सो रेस निकै नै रोमान्चक हुनेछ ।
मर्सिडिज र फरारी ड्राइभरले नै सन् २०१४ देखि २०१९ सम्मको सिंगापुर ग्रांपी जितेका छन् । मर्सिडिजले चार पटक जितेको छ र यसको ड्राइभर लुइस ह्यामिल्टनले मात्र तीन पटक सो रेस जितेका छन् । त्यसैगरी फरारीले सन् २०१५ र २०१९ गरी दुई पटक सो रेस जितेको छ ।
सन् २०१९ मा सबास्टियन भेटेलले सो रेस जितेका थिए । त्यसैगरी चार्ल्स लेक्रेक र म्याक्स भर्स्ट्यापन क्रमशः दोस्रो र तेस्रो भएका थिए ।
सिंगापुर ग्रांपी सिंगापुरको सडकलाई नै ट्रयाकको रुपमा प्रयोग गरी आयोजना गरिन्छ । यो समयमा सडक नै बन्द गरिन्छ । केही दिन पहिले देखि नै यसको तयारी गरिन्छ । सडकमै दर्शकहरुका लागि प्यारापिट समेत बनाइएको हुन्छ ।

सिंगापुर अहिले विश्वका मोटर स्पोर्ट्स प्रेमीहरुका लागि आकर्षक छ । आइतबार आयोजना हुने अन्तिम रेस प्रतियोगिताका लागि विश्वका विभिन्न देशबाट खेलाडी र दर्शकहरु यही भेला भएका छन् ।
यस पंक्तिकारका साथ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव सुशील तण्डुकार, फोटोग्राफर ईश्वर वल्लभ उप्रेती र नासा अफिसियल सौगात राजभण्डारी समेत ग्रांपी तयारी भइरहेको समयमा सो सर्किटमा पुगेका थिए ।
सिंगापुरबाट एकराज सुवेदी
काठमाडौं – ‘इन्टरनेसनल फिमेल राइड डे’ को अवसरमा आगामी शनिबार महिला...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले नेपालको प्रतिनिधित्व गर्दै मोटर...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा माउन्ट एभरेष्ट मोटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...