नेपाल रोड रेसिङ च्याम्पियन बने राजकुमार

काठमाडौं – शुक्रबार र शनिबार सम्पन्न नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२२ को विजेता राजकुमार कार्की बनेका छन् । मोटरसाइकल रेसिङ प्रतियोगिता ‘यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिप’ को फर्स्ट रनर्स अप आशिक लामा र सेकेन्ड रनर्स अप अजय तामाङ भएका छन् ।

यामाहा मोटरसाइकल मूख्य प्रायोजक रहेको रेसिङका विजयीहरुलाई बागमती प्रदेशका पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ, माउन्टेन स्पोर्टस फेडेरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई तथा नासा नेपालका पदाधिकारी र यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजका मार्केटिङ हेड सुधार देउजा लगायत अधिकारीहरुले पुरस्कार वितरण गरे ।

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न सो प्रतियोगितामा ४८ जना यामाहा राइडरबीच प्रतिस्पर्धा भएको थियो । ती मध्ये एक मात्र लेडी राइडर नीतिका गजुरेलको सहभागिता रहेको थियो ।

मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो प्रतियोगितालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र एफआईएमको स्वीकृत प्राप्त थियो ।

आर१५ सिरिजका बाइकका बीचमा मात्र भएको सो प्रतियोगिताका विजेता मध्ये ६ जनालाई आगामी दिनमा भारतको बैंगलोरमा हुने प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।

प्रतियोगितालाई क्यास्ट्रोल, गल्फ, पेट्रोनस, लिक्वी मोली आदि विभिन्न लुब्रिकेन्ट ब्रान्ड तथा अन्य ब्रान्डको समेत सहयोग रहेको थियो।

विश्वकै लोकप्रिय मानिएको मोटरसाइकल रेसिङ सन् २००८ बाट नेपालमा प्रवेश भएको हो । विश्व मोटरसाइकल महासंघ फेडेरेसन इन्टरनेशनल डे मोटरसाइक्लीजमको नेपाल च्याप्टरको रुपमा नासा नेपाल र त्यसको मातहतका दर्जनौ क्लबहरु मोटरसाइकल रेसिङ, र्याली र टुरिङमा क्रियाशिल छन् ।

सम्बन्धित समाचारहरू

नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न, राजकुमार कार्की वने नेश्नलतर्फको बिजेता

नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न, राजकुमार कार्की वने नेश्नलतर्फको बिजेता

काठमाडौं– नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न भएको छ । असोज २७ गते...

सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम वारे नीतिगत छलफल सम्पन्न

सडक सुरक्षा सम्बन्धी पाठ्यक्रम वारे नीतिगत छलफल सम्पन्न

काठमाडौं – नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयमा सडक सुरक्षा...

नेपाल सिम रेसिङ सिरिजको विजेता बने निमन शाक्य

नेपाल सिम रेसिङ सिरिजको विजेता बने निमन शाक्य

काठमाडौं – ई–स्पोर्ट्स अन्तर्गत नेपाल सिम रेसिङ सिरिज गत बिहीबार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...