शुक्रबार र शनिबार रोड रेसिङ च्याम्पियनसिप हुँदै, यामाहा राइडर बीच प्रतिस्पर्धा हुने

काठमाडौं – आगामी शुक्रबार र शनिबार मोटरसाइकल रेसिङ प्रतियोगिता ‘यामाहा आर१५एम प्रिजेन्ट्स नेपाल रोड रेसिङ च्याम्पियनसिप’ हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न हुने सो प्रतियोगितामा ४८ जना यामाहा राइडरबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदद्वारा मान्यता प्राप्त सो प्रतियोगिताको आयोजक एफआईएम, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र मोटर स्पोर्ट्स नेपाल हुन् । पहिलो दिन शुक्रबार क्वालिफाइङ राउन्ड हुने र दोस्रो दिन शनिबार फाइनल प्रतियोगिता हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए ।

आर१५ सिरिजका बाइकका बीचमा मात्र हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । मोटर स्पोर्ट्समा संलग्न युवायुवतीहरुका लागि लक्ष्यित सो प्रतियोगिताका विजेता मध्ये ६ जनालाई आगामी दिनमा भारतको बैंगलोरमा हुने प्रतियोगितामा सहभागी गराइने बताइएको छ ।

प्रतियोगितालाई क्यास्ट्रोल, गल्फ, पेट्रोनस, लिक्वी मोली आदि विभिन्न लुब्रिकेन्ट ब्रान्ड तथा अन्य ब्रान्डको समेत सहयोग रहेको छ ।

सम्बन्धित समाचारहरू

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स...

पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिपको आज क्वालिफाइङ राउन्ड चल्दै

पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिपको आज क्वालिफाइङ राउन्ड चल्दै

काठमाडौं – आज र भोलि शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप...

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर बन्यो टोटल इनर्जिज

काठमाडौं – जनवरी ४ मा धुलिखेलमा हुने माउन्ट एभरेष्ट मोटर स्पोर्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...