राइड विथ भ्लगर्स कार्यक्रम सम्पन्न

काठमाडौं - नेपालमा पहिलो पटक राइड विथ भ्लगर्स कार्यक्रम आयोजना भएको छ ।

ए एण्ड एस इभेन्ट्सको आयोजनामा हुने कार्यक्रममा एक दर्जन भ्लगर्स र टु ह्विल टुरीङका एक्सपर्टहरु सहभागी थिए।

कार्यक्रम अन्तर्गत बिहान भ्लगरहरुसँग अन्तरक्रिया, दिउसो काठमाडौँदेखि चित्लाङसम्म राइड तथा फोटोग्राफी र भिडियोग्राफी तथा साँझ भ्लगर्स मिट एण्ड ग्रिट गरिएको थियो।

कार्यक्रमको फोटोग्राफी, भिडियोग्राफी, सोसीयल मिडिया लाइभ तथा डकुमेन्ट्री समेत बनाइने छ ।

यस्तै हालसालै नासा नेपालद्वारा प्रकाशित पर्यटन बोर्डको सहयोगमा टु ह्विल टुरीङ इन् नेपाल म्यानुअल बुकको  सार्वजनिक समेत गरिएको थियो ।

यस कार्यक्रम विश्वकै अग्रणी मोटरसाइक्लिङ महासंघ एफआईएम तथा नेपालको मोटरसाइकल/मोटर स्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी तथा ड्राइभ र टु ह्विल टुरीङ तथा रोड सेफ्टीको लागि राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) संगको सहकार्यमा भएको हो ।

नेपालमा सोसीयल मिडियाको लोकप्रियता र प्रभाबकारीता बढिरहेको अवस्थामा यस प्रकारको राइडले टु ह्विल टुरीङ र मोटरसाइक्ल्ङ तथा मोटर स्पोर्ट्सलाई समेत अझ सुरक्षित, ब्यबस्थित तथा थप लोकप्रिय बनाउन मदत पुग्ने विश्वास गरिएको छ ।

आयोजक संस्था विगत १० वर्ष देखि एड्भेन्चेर टुरिजम, टुरिजम स्पोर्ट्स, अफरोड राइड तथा रिक्रिएसनको  क्षेत्रमा क्रियासिल अग्रणी कम्पनी हो ।

जुन नासा नेपालको सदस्य संस्था रहेको छ ।

सम्बन्धित समाचारहरू

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली खेलाडी, तीन दिन सम्म विभिन्न कार्यक्रम हुने

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...

३६ जना ड्राइभरलाई र्‍यालीक्रस र अटोक्रसको तालिम

३६ जना ड्राइभरलाई र्‍यालीक्रस र अटोक्रसको तालिम

काठमाडौँ  – नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा गत शुक्रबार...

युथ फर रोड सेफ्टी : युवाको संगठित अभियान

युथ फर रोड सेफ्टी : युवाको संगठित अभियान

आजको युग जेनजीको युग हो, नेपाल र विश्वमै । हामीले जेनजी भन्दा अराजक,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...