आज अटो मेकानिक्स र अटो व्यवसायीले गर्दैछन् विश्वकर्मा पूजा

काठमाडौं – असोज १ गते अन्य व्यवसायीका साथै अटो मेकानिक्स तथा अटो व्यवसायीले पनि विश्वकर्मा पूजा गर्छन् । मेकानिक्सहरुले आफ्ना वर्कसपमा र अटो व्यवसायीले आफ्ना सोरुममा विश्वकर्मा पूजा गर्छन् ।

हिन्दु संस्कृतिमा उनलाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पु¥याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गरिन्छ । भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए भनिन्छ । उनी भगवान ब्रम्हदेवका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भनिन्छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।

विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । त्यस दिन सबै कार्य बन्द गरेर उनको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ । आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दु धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।

विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे । त्यसैले उनी देवताका पनि आदरणीय थिए ।

देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि ब्यक्तिले विहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, पानी तान्ने मोटर, बिजुली उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै ब्यक्तिहरुका लागि देवता हुन् ।

यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि दैनिक रुपमा बढिरहेको छ । पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घर घरमा उनको पूजा हुन थालेको छ ।

विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाइ गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्छ । यसको सरसफाइका लागि जे कुरामा कमी भएको छ, त्यसलाई हटाएर आगामी दिनमा यसैमा पूरा ध्यान दिनेछु भनी कबुल गर्न सकिन्छ । विश्वकर्माको तस्बिरमा फूल र माला लगाइदिएर मात्र विश्वकर्मालाई खुसी तुल्याउन सकिदैन ।

नेपालमा पनि विश्वकर्मा पूजा गर्ने संस्कृतिको विकास भइरहेको छ । कुनै पनि मेसिनरी कार्य गर्नेहरुले उनको पूजा गर्छन् । सवारी साधनसँग सम्बन्धित वर्कसप, सोरुमहरुले पनि उनको पूजा गर्न थालेका छन् । नेपाल अटो मेकानिक्स व्यवसायी संघले प्रत्येक वर्ष संस्थागत रुपमै विश्वकर्मा पूजा गर्दै आएको छ । त्यसपछि अटो मेकानिक्स व्यवसायीहरु आआफ्नो वर्कसपमा गएर विश्वकर्मा पूजा गर्छन् ।

बिहान नुहाएपछि चोखो कपडा लगाएर भगवानमा विश्वकर्माको मूर्ति अथवा तस्बिरको अघिल्तिर बस्नु पर्छ । भगवान विश्वकर्माको पूजा आरती गरेपछि पूजा सामग्रीहरु जस्तै, अक्षता, बेसार, फूल, पान, ल्वाङ, सुपारी, मिठाइ, फल, धूपबत्ति तथा रक्षासूत्र आदिले विधिपूर्वक पूजा गर्नु पर्छ ।

भगवान विश्वकर्माको पूजा गरेपछि सबै हातहतियारलाई बेसार(अक्षता दल्नु पर्छ । त्यसपछि कलशलाई पनि बेसार, अक्षता र रक्षासूत्र चढाउने । त्यसपछि पूजा मन्त्रहरुको उच्चारण गर्ने । पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादी वितरण गर्नु पर्छ ।

सम्बन्धित समाचारहरू

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

अटो मेकानिक्स व्यवसायी संघद्वारा अक्सिजन सिलिन्डर हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले स्वयम्भुस्थित आनन्दकुटी...

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारको सबैभन्दा लामो कार कति लामो होला ? अनुमान गर्न सक्नुहुन्छ ? हो, यो १००...

होसियार, जाम हुन सक्छ एयर फिल्टर : के गर्ने ?

होसियार, जाम हुन सक्छ एयर फिल्टर : के गर्ने ?

एयर फिल्टर कुनै पनि सवारी साधनका लागि धेरै महत्वपूर्ण हुन्छ । एयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...