लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो मोडल बनेको छ । पहिलो नम्बरमा भने क्लासिक ३५० रहेको छ ।

भारतमा अगस्ट महिनामा क्लासिक ३५० १८ हजार ९९३ युनिट बिक्री भयो भने हन्टर १८ हजार १९७ युनिट बिक्री भएको छ । अगस्ट १० मा हन्टर ३५० को डेलिभरी प्रारम्भ भएको थियो । यसले गर्दा आगामी दिनमा यसको क्रेज अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

सो बाइक रेट्रो र मेट्रो गरी २ भेरिएन्टमा लन्च गरिएको छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सीसी इन्जिन दिइएको छ, जसले २०.२ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ । सो बाइकले ११४ किमी प्रतिघन्टाको गति दिन्छ ।

सो बाइकको वजन १८१ केजी छ । रोयल इन्फिल्ड हन्टर ३५० को धेरै ठाउँमा प्लास्टिकको प्रयोग गरिएको छ साथै फ्रेममा पनि परिवर्तन गरिएको छ र नयाँ अलोय ह्विल दिइएको छ ।

ब्रेकिङको लागि फ्रन्टमा ३०० एमएम डिस्क ब्रेक र रियरमा २७० एमएम डिस्क ब्रेक दिइएको छ । सो बाइकको मेट्रो भेरिएन्टमा ड्युअल च्यानल एबीएस र रेट्रो सिंगल भेरिएन्टमा सिंगल च्यानल एबीएस दिइएको छ । साथै, सस्पेन्सनका लागि फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा ट्विन सक्स दिइएको छ ।

सो बाइकको ग्राउन्ड क्लियरेन्स १५० एमएम छ । बाइकमा १७ इन्च अलोय ह्विल छ । यसमा ट्युबलेस टायर जडान गरिएको छ । सो बाइकको ह्विलबेस १३७० एमएम छ र सिटको उचाइ ८०० एमएम छ ।

रोयल एनफिल्ड हन्टर ३५०मा गोलाकार एलईडी हेडलाइट, टर्न सिग्नलको साथमा गोलाकार डिजिटल स्पिडोमिटर दिइएको छ ।

साथै, यसको मेट्रो भेरिएन्ट ३ रङमा उपलब्ध छ । सो बाइकले ३६.२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीले यस बाइकमा अर्बन र सब–अर्बन लगायतका एसेसरिजको विकल्प प्रदान गरिएको छ । सो बाइक भारतमा १ लाख ५० हजार भारुमा लन्च गरिएको छ ।

सम्बन्धित समाचारहरू

दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

रोयल इन्फिल्डले भारतमा रोयल इन्फिल्ड स्क्राम ४४० सार्वजनिक गरेको छ । यो...

रोयल इन्फिल्ड नेपाल अब मोटरसाइकल स्पोर्ट्समा पनि, फ्ल्याट ट्रयाक फन आयोजना गर्दै

रोयल इन्फिल्ड नेपाल अब मोटरसाइकल स्पोर्ट्समा पनि, फ्ल्याट ट्रयाक फन आयोजना गर्दै

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ अब...

रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...