बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक : अटो लोनको दर उही

काठमाडौं – बैंकहरुले असोज महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको नीति अनुसार अर्को महिनाका लागि अघिल्लो महिनाको अन्त्यमा नयाँ ब्याजदर सार्वजनिक गर्ने प्रचलन छ ।

अधिकांश बैंकहरुले सवारी कर्जा अर्थात अटो लोनको पहिलेकै दरलाई निरन्तरता दिएका छन् । हाल बैंकहरुमा तरलता अभाव र अन्य कारणले अटो लोनको दर निकै नै महंगो छ ।

बैंकहरुले सामान्यतः प्रतिवर्ष १५ प्रतिशत सम्मको अटो लोन दिने गरी ब्याज दर सार्वजनिक गरेका छन् । हाल बैंकहरुले कर्जा स्थिर हुने र परिवर्तन हुने गरी दुई प्रकारले अटो लोन दिने गरेको पाइन्छ । त्यसैगरी निजी र कमर्सियल सवारी साधनका लागि पनि छुट्टाछुट्टै ब्याज दर लिने गरेका छन् ।

धेरै बैंकहरुले आफ्नो बेस रेट र त्यसमा थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

बैंकहरुले समेत निकालेको ब्याज दर हेर्दा सामान्यतः १५ प्रतिशतको हाराहारीमा अटो लोन उपलब्ध हुनेछ । केही वर्ष पहिले सम्म करिव ८ प्रतिशतकै हाराहारीमा रहेको अटो लोनको ब्याज दर हाल निकै नै बढेको पाइन्छ ।

यद्यपि यति धेरै ब्याज दर बढ्दा पनि बैंकमा गाडी किन्नका लागि अटो लोन सहज रुपमा उपलब्ध हुने वातावरण भने छैन । बैंकहरुले भविष्यको बजार हेरेर र नियमित कार्यका लागि मात्र सो दर सार्वजनिक गरेको भन्न सकिन्छ । हाल बैंकहरुले अटो लोनका लागि उपलब्ध गराउने रकमकै अभाव छ भने यसमा सरकारको नीतिले पनि भूमिका खेलेको छ ।

सरकारले विदेशी मुद्रा सञ्चितिलाई बढाउने भनेर सवारी साधनकै आयातमा रोक लगाएको छ । यसका लागि राष्ट्र बैंकले समेत कडाई गर्न बैंकहरुलाई निर्देशन दिएको छ । त्यसैगरी बैंकहरुमा पर्याप्त तरलताको अभाव छ । यसले गर्दा कुनै ग्राहकले बैंकमा अटो लोनका लागि धाउदा रकम नै नपाउने अवस्था छ ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । यो अवस्थामा अटो लोन नै नपाइने कारण हाल बजारमा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रलाई छोएन

मौद्रिक नीतिको समीक्षाले अटोमोबाइल क्षेत्रलाई छोएन

काठमाडौं– राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा...

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्धन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...