नाडाको नयाँ कार्यसमितीको सपथ ग्रहणका लागि कानुनी बाटो खुल्यो, अदालतद्वारा रिट खारेज
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो...
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको पहिलो इभी एक्सपोमा जम्मा ५१ स्टल रहने भएको छ । असोज ६ गतेदेखि हुन लागेको सो एक्स्पोमा ७ वटा व्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा व्राण्डका दुई पाङ्ग्रे, ३ वटा व्राण्डका टायर, २ वटा व्राण्डका ब्याट्री, ९ वटा कम्पोनेन्ट्स तथा ग्यारेज उपकरण कम्पनी एवं ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने भएको हो ।
भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ भने युृएसएड क्लिन एयर नलेज पार्टनरका रुपमा सहभागी हुँदैछन् । युएसएडले इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सन्चालन गर्नेछ ।
एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्ने भएको छ ।
नाडाका अध्यक्ष ध्रुव थापाले नेपालमै पहिलो पटक विद्युतीय सवारीको मेला हुन लागेको बताउँदै प्रवेश गर्न चाहनेलाई प्रि टिकेट बुकिङ सोमबारदेखि नै खुला गरिएको जानकारी दिए । प्रवेश गर्दा विद्यार्र्थीका लागि टिकट शुल्क १५० रुपैयाँ तथा अन्यका लागि २०० रुपैयाँ तोकिएको छ ।
‘असोज ५ गतेसम्म प्रि टिकेट बुकिङ गर्न सकिने छ, विद्युतीय सवारीको प्रयोगलाई बढाउन मेला प्रभावकारी हुनेछ’ थापाले भने । खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्दा २५ प्रतिशत ‘क्यासब्याक’ पाइने नाडाले जनाएको छ ।
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को विवाद अदालतले टुंगो...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स...
काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...