तीन वर्षमा कियाले भारतबाट निर्यात गर्यो १ लाख ५० हजार कार, ७२ प्रतिशत हिस्सा सेल्टोसको

कोरियन अटो निर्माता कियाले तीन वर्षमा भारतबाट १ लाख ५० हजार बढी कार निर्यात गरेको छ । सन् २०१९ को सेप्टेम्वरबाट निर्यात थालेको उसले हालसम्म कुल १ लाख ५० हजार ३९५ युनिट कार निर्यात गर्न सफल भएको हो ।

भारतमा उत्पादन हुने किया कार मिडल इस्ट, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका, मेक्सिको तथा एसिया प्यासिफिक गरी विश्वका ९५ राष्ट्रमा निर्यात हुँदै आइरहेको छ । नेपाली बजारमा समेत यसको सेल्टोस र सोनेट एसयूभी उपलब्ध रहँदै आएको छ ।

कियाले भारतमा पहिलोपटक सेल्टोस एसयूभीलाई बजारमा उतारेको थियो । पछि उसले सोनेट र क्यारेन्स समेत थप गर्न सफल भयो । यी तीनवटै मोडल अहिले भारतमा सर्बाधिक विक्री हुने मध्येमा पर्छन् । निर्यात भएको कुल कारमा सेल्टोस एसयूभीले ७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीले बताएको छ ।

भारतीय बजारमा सर्बाधिक बिक्री हुने कार व्रान्डमा पाँचौ स्थान ओगट्न सफल यो व्रान्डले अघिल्लो वर्ष सर्वाधिक एसयूभी निर्यात गरेको थियो । साथै यो वर्षको ८ महिनामा उसले कुल ५४ हजार १५३ युनिट कार निर्यात गरी उक्त विरासतलाई निरन्तरता दिने देखिएको छ ।

गत अगष्ट महिनामा मात्र कियाले भारतबाट हालसम्मै सर्वाधिक वढी कार निर्यात गरेको थियो । कुल ८ हजार १७४ युनिट कार निर्यात गरेको कम्पनीको यो हालसम्मकै सर्बाधिक मसिक निर्यात हो ।

सम्बन्धित समाचारहरू

कियाद्वारा कनेक्टेड कार बिक्री गर्दै डिजिटल मोबिलिटीमा नयाँ कीर्तिमान

कियाद्वारा कनेक्टेड कार बिक्री गर्दै डिजिटल मोबिलिटीमा नयाँ कीर्तिमान

किया इन्डियाले भारतीय अटोमोबाइल बजारमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...

१ बर्षमै १ लाख युनिट नाघ्यो किया सोनेटको बिक्री, सेग्मेन्टको १७ प्रतिशत हिस्सा ओगट्न सफल

१ बर्षमै १ लाख युनिट नाघ्यो किया सोनेटको बिक्री, सेग्मेन्टको १७ प्रतिशत हिस्सा ओगट्न सफल

भारतीय बजारमा किया सानेट लन्च भएको १ बर्ष पुरा भएको छ । अघिल्लो बर्षको यसै...

यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

यस्तो छ किया सिरोस बेस भेरिएन्टको फिचर र इन्जिन

कियाले सब फोर मिटर कम्प्याक्ट एसयूभीको रूपमा कियाको सबैभन्दा नयाँ गाडी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...