नेपाल भित्रियो २०२२ नेक्स्ट जेन फोर्ड रेन्जर, मूल्य १ करोड ४५ लाख सम्म

काठमाडौं – नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले २०२२ नेक्स्ट जेन फोर्ड रेन्जर पिकअप ट्रक सार्वजनिक गरेको छ । नयाँ २.० लिटर सिंगल टर्बो र बाई–टर्बो डिजेल इन्जिन रहेको सो पिकअप ट्रक थाइल्यान्डबाट नेपाल भित्र्याइएको हो ।

भारतमा उत्पादन बन्द भए पश्चात फोर्डका गाडी अन्य देशबाट समेत आउने भनिएकोमा फोर्ड रेन्जर इन्टरनेसनल मार्केटबाट भित्रिएको हो । यसको एक्सएल भेरिएन्टले १७० पीएस पावर र ५०० एनएम टर्क तथा एक्सएलटी र वाइल्ड ट्रयाक भेरिएन्टले २१० पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्छ ।

जीओ अटोमोबाइल्सले फोर्ड रेन्जर एक्सएलको मूल्य १ करोड ५ लाख ९० हजार, एक्सएलटीको मूल्य १ करोड १९ लाख ९० हजार र वाइल्ड ट्रयाकको मूल्य १ करोड ४५ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

नेक्स्ट जेन फोर्ड रेन्जरमा ६ र १० अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी अटो ट्रान्समिसन गियर सिफ्ट र इलेक्ट्रिक पार्किङ ब्रेक, चार अनरोड र दुई अफरोड ड्राइभ मोड रहेका छन् ।

गाडी चलाउदै गर्दा डिस्प्लेमा विभिन्न फिचर चलाउनका लागि न्यु सिंक डिस्प्ले र बटन लेआउट रहेको छ । यो गाडीलाई चलाउदा ८०० एमएमको वाटर वेडिङ डेप्थ सम्म चलाउन सकिन्छ । यसबाट आफूले चाहेको स्थानमा पानीले असर गर्दैन । त्यसैगरी अन्डरबडी प्रोटेक्सनका लागि विभिन्न व्यवस्था गरिएको छ ।

२०२२ नेक्स्ट जेन फोर्ड रेन्जरको एक्सएलटी र वाइल्ड ट्रयाकमा वर्ल्ड फर्स्ट क्लास १० स्पिड अटोमेटिक ट्रान्समिसन छ । त्यसैगरी सबै भेरिएन्टमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १० इन्च र १२ इन्च टचस्क्रिन छ ।

नेक्स्ट जेन फोर्ड रेन्जर ग्लोबल मार्केट र एसियन रिजनमा निकै नै रुचाइएको पिकअप ट्रक हो । टफ र क्यापेबल पिकअप हुनुका साथै आवश्यक सेवा समेत प्राप्त गरिने भएकाले यसलाई धेरैले रुचाएको पाइन्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने फोर्सको नयाँ गोर्खा आज सार्वजनिक हुँदै

महिन्द्रा थारसँग प्रतिस्पर्धा गर्ने क्षमता भएको फोर्सको नयाँ एसयूभी...

एसयूभीको डिजाइन प्याटेन्ट दर्ता र कर्मचारी माग गरेर फोर्डले देखायो छिट्टै भारत फर्कने संकेत

एसयूभीको डिजाइन प्याटेन्ट दर्ता र कर्मचारी माग गरेर फोर्डले देखायो छिट्टै भारत फर्कने संकेत

फोर्डले भारतमा कार निर्माणलाई छिट्टै निरन्तरता दिने संकेत देखाएको छ । २...

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

काठमाडौं – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...