टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन

टाटा समूहका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा निधन भएको छ । दुर्घटना मुम्बई–अहमदाबाद राजमार्गमा मुम्बई नजिकैको पालघरको कासा नजिक भएको हो ।

प्रारम्भिक जानकारी अनुसार मिस्त्रीको मर्सिडिज कार सडकको डिभाइडरसँग ठोक्किएको हो । गाडीमा जम्मा चार जना सवार थिए । दुर्घटनामा मिस्त्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनापछि मिस्त्रीलाई अस्पताल पु¥याइएको थियो, जहाँ उनलाई मृत घोषणा गरिएको थियो ।

पालघरका पुलिस अधीक्षक बालासाहेब पाटिलले सो कुराको पुष्टि गरेको कुरा भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अहमदाबादबाट मुम्बई जाने बाटोमा रहेको सूर्या नदीको पुलमा दिउँसो करिब ३ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

यस वर्षको जुन २८ मा साइरसका बुवा र व्यापार व्यवसायी पल्लोनजी मिस्त्रीको निधन भएको थियो । साइरस र उनको बुबाको मृत्यु पछि, उनको परिवारमा उनकी आमा पाट्सी पेरिन दुबास, शापूर मिस्त्री, दुई बहिनी लैला मिस्त्री र आलु मिस्त्री छन् ।

साइरस मिस्त्री टाटा समूहका छैटौं समूह अध्यक्ष थिए । डिसेम्बर २०१२ मा, रतन टाटाले टाटा सन्सको अध्यक्ष पदबाट राजीनामा दिए । त्यसपछि यो पद साइरस मिस्त्रीलाई दिइएको थियो । तर, चार वर्षभित्रै २४ अक्टोबर २०१६ मा टाटा सन्सले उनलाई अध्यक्ष पदबाट हटायो । उनको स्थानमा रतन टाटालाई अन्तरिम अध्यक्ष बनाइएको थियो । यसपछि १२ जनवरी २०१७ मा एन चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्ष बनाइएको थियो ।

साइरसको जन्म सन् १९६८ जुलाई ४ मा भएको थियो ।

सम्बन्धित समाचारहरू

लन्च भयो भारतको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज रेसर, यस्तो छ विशेषता

लन्च भयो भारतको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज रेसर, यस्तो छ विशेषता

टाटा मोटर्सले भारतीय बजारमा प्रिमियम ह्याचब्याक सेगमेन्टमा पहिलो कार...

टाटा ह्यारियर र सफारी अव पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने

टाटा ह्यारियर र सफारी अव पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने

टाटा ह्यारियर र सफारीले छिट्टै पेट्रोल इन्जिन विकल्प पाउने भएको छ । डिजेल...

बिक्रीमा उछिन्यो टाटा नेक्सनले ब्रेजालाई

बिक्रीमा उछिन्यो टाटा नेक्सनले ब्रेजालाई

भारतीय बजारमा सब ४ मिटर कम्प्याक्ट एसयूभी सेगमेन्टमा  मारुती सुजुकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...