क्लासिक राइड सौराहा : काठमाडौं देखि सौराहाको यात्रामा इन्फिल्ड राइडर

काठमाडौं – रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गतको आधिकारिक वर्कशप इमेज अटोमोबाइलको आयोजनामा काठमाडौं देखि सौराहा सम्मको क्लासिक राइड सौराहा प्रारम्भ भएको छ । काठमाडौंको बसुन्धरास्थित इमेज अटोमोबाइलबाट प्रारम्भ भएको उक्त राइड कार्यक्रमको सुरुवात अल्फा अटोमोटिभका मार्केटिङ हेड प्रकाश देवकोटाले गरे ।

काठमाडौंबाट प्रारम्भ भएको सो क्लासिक राइडमा ३५ रोयल इन्फिल्ड बाइक र ६० जनाको सहभागिता रहेको छ । काठमाडौंबाट नौबिसे, मुग्लिङ हुँदै राइडरहरु सौराहाको सफारी क्लब पुग्ने छन् । सो अवसरमा ग्रुप राइड, थारु कल्चर शो, लाइभ म्युजिकका साथ एकोमोडेसन एन्ड पुल पार्टी आदिका साथ उनीहरु रमाउने छन् ।

त्यसैगरी बेस्ट राइडर, आर्म रेस्लिङ, ड्रिंकिङ कम्पिटिसन, सिनियर सिटिजनसिप अवार्ड र पट ब्रेक जस्ता प्रतियोगिता समेत आयोजना गरिने छ ।

पर्यटन प्रवद्र्धनमा सहयोग गर्नु र ग्रुप मेम्बरहरुलाई रिफ्रेसमेन्ट उपलब्ध गराउनु राइड कार्यक्रमको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ ।

भोलि सौराहाबाट हेटौडा र दामन हुँदै राइडरहरु काठमाडौं फर्किने कार्यक्रम छ ।

सम्बन्धित समाचारहरू

क्रसफायर मोटरसाइकल र इटालिका मोटो स्कुटरमा दसैं अफर : बम्परमा ५० हजार बराबरको उपहार

क्रसफायर मोटरसाइकल र इटालिका मोटो स्कुटरमा दसैं अफर : बम्परमा ५० हजार बराबरको उपहार

काठमाडौं – नेपालमा क्रसफायर मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स...

रोयल इन्फिल्ड शटगन : ६५० सीसीमा रोयल इन्फिल्डको अर्को क्रुजर बाइक आउने

रोयल इन्फिल्ड शटगन : ६५० सीसीमा रोयल इन्फिल्डको अर्को क्रुजर बाइक आउने

रोयल इन्फिल्डले भारतीय बजारमा ३५० सीसी देखि ६५० सीसीको नयाँ बाइक लन्च...

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

काठमाडौं – रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ । रोयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...