बैशाख यता मात्र ३ एसेम्बल उद्योग दर्ता : नेपालमै सवारी उत्पादनमा जोड

काठमाडौं – सरकारले विदेशबाट गाडी आयातमा प्रतिबन्ध लगाइरहेको अवस्थामा देशभित्र एसेम्बल उद्योग खोल्नका लागि भने व्यवसायीहरु हौंसिएका छन् । गत आर्थिक वर्ष अर्थात २०७८ साउन देखि २०७९ असार सम्मको अवधिमा ६ वटा यस्ता एसेम्बल उद्योग दर्ता भए । त्यसैगरी बैशाख यता हाल सम्म ३ उद्योग दर्ता भएका छन् ।

बैशाख यता दुगड अटो क्लिनिक, एसजी अटोक्राफ्ट प्रालि र टीजी अटो ग्रुप प्रालि गरी ३ वटा एसेम्बल उद्योग स्थापनाका लागि उद्योग विभागमा दर्ता भएका छन् ।

दुगड अटो क्लिनिक प्रा.लि.
मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना हुने गरी दुगड अटो क्लिनिकको दर्ता गत जेठ १२ गते भएको हो । यसका लागि ३० करोड रुपैयाँ लगानी हुनेछ भने २४ हजार दुई पांग्रे र ४ हजार तीन पांग्रे सवारी साधन उत्पादन गरिने छ । यसमा १४५ जनाले रोजगारी पाउने छन् ।

एसजी अटोक्राफ्ट प्रा.लि.
बारा जिल्लाको जीतपुर सिमरा उपमहानगपालिका वडा नम्बर ११ मा स्थापना हुने गरी एसजी अटोक्राफ्ट प्रालिको दर्ता गत जेठ १७ गते भएको छ । यसमा ३ अर्ब रुपैयाँको लगानी हुनेछ भने वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र ई–बस १२० थान उत्पादन गरिनेछ । यसमा ४३१ जनाले रोजगारी पाउने छन् ।

टीजी अटो ग्रुप प्रालि
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर ९ स्थापना हुने गरी टीजी अटो ग्रुप प्रालिको दर्ता गत भदौँ २ गते भएको हो । यसका लागि ३८ करोड लगानी हुनेछ भने वार्षिक ८ हजार मोटसाइकल उत्पादन गरिने छ । यसमा ६७ जनाले रोजगार पाउने छन् ।

यी तीनवटै एसेम्बल उद्योग स्थापनाका लागि आवेदन दिने कम्पनीहरुले हाल नेपालमा विभिन्न ब्रान्डका सवारी साधन आयात गरी कारोबार गरिरहेका छन् । दुगड अटो क्लिनिक दर्ता गर्ने दुगड समूहले हाल नेपाली बजारमा भेस्पा र अप्रिलियाका स्कुटरका साथै पियाजियो ब्रान्डको थ्री ह्विलरको व्यवसाय गरिरहेको छ । यो समुहले महिन्द्रा ब्रान्डको कमर्सियल भेइकल र हेभी इक्विपमेन्ट तथा टाटा हिटाची ब्रान्डको हेभी इक्विपमेन्ट समेत आयात गरी कारोबार गर्दै आइरहेको छ । यसैगरी जोन डियर ट्याक्टर र बीकेटी टायरको वितरकका रुपमा समेत यही समुहले कार्य गरिरहेको छ ।

एसजी अटोक्राफ्ट प्रालि स्थापना गर्ने एसजी ग्रुप अन्तर्गतको एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड र ओम मोटोकर्पले ट्यारो ब्रान्डका बाइक तथा स्कुटरको कारोबार गरिरहेको छ । टीजी अटो ग्रुप स्थापना गर्ने त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले हालै रोयल इन्फिल्ड मोटरसाइकलको कारोबार थालेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ फिचर थप गरेर गुगलले अपडेट गर्यो एन्ड्रोइड अटो एप

नयाँ फिचर थप गरेर गुगलले अपडेट गर्यो एन्ड्रोइड अटो एप

गुगलले एन्ड्रोइड अटो एपमा नयाँ फिचर्स थप गरेको छ । सवारीसाधनमा प्रयोग...

भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित...

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

कारको क्याबिनमा हानिकारक रसायन फेला, मानव शरीरमा क्यान्सर हुने सम्भावना

अमेरिकामा गरिएको हालैको एक अध्ययनले कार भित्रको हावाको गुणस्तरको बारेमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...