१० लाख नयाँ कार र व्याट्री उत्पादन गर्न मारुती सुजुकीको २ नयाँ प्लान्ट उद्घाटन

मारुती सुजुकीले भारतमा हिँजो नयाँ उत्पादन प्लान्टको उद्घाटन गरेको छ । हरियानामा अवस्थित सो नयाँ प्लान्टको उद्घाटन प्रधानमन्त्रि नरेन्द्र मोदीले गरेक हुन् । नयाँ प्लान्टले वार्षिक १० लाख नयाँ कार उत्पादन गर्न क्षमता राख्ने जनाइएको छ ।

मोदीले हिँजै गुजरातमा अर्को इभी व्याट्री प्लान्टको समेत उद्घाटन गरेका छन् । यो नयाँ प्लान्टमा सुजुकीले ७ हजार ३ सय करोड भारु लगानी गर्ने योजना बनाएको छ । भारतमा सुजुकीले मारुतीसंगको सहकार्यमा गाडी उत्पादन थालेको ४० वर्ष पुरा गरेको अवसर पारेर यी नयाँ प्लान्ट उद्घाटन गरिएका हुन् ।

यो नयाँ उत्पादन प्लान्ट विश्वकै ठूलो मध्ये एक हुने वताइएको छ । इन्डो– जापनिज ब्रान्ड मारुती सुजुकीको सवैभन्दा ठूलो बजार भारतमा रहँदै आएको छ । सुजुकीले वर्षमा विश्वभर कुल २८ लाख कार उत्पादन गर्ने गरेकोमा यसको ६० प्रतिशत अर्थात १६ लाख कार भारतमा मात्रै उत्पादन भैरहेको छ ।

भारतमा सुजुकीको साना र सस्ता कार सर्वाधिक लोकप्रिय वनिरहेका छन् । यो ब्रान्डले कम्वस्चन इन्जिनको विकल्पमा सिएनजी र हाइव्रिड गाडीको निर्माणमा जोड दिइरहेको छ भने सन् २०२५ देखी इलेक्ट्रिक कार समेत बजारमा ल्याउने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

नेक्सनलाई उछिन्दै ब्रेजा बन्यो सेगमेन्टमा नम्बर १ कार, पन्चको पनि बम्पर बिक्री

नेक्सनलाई उछिन्दै ब्रेजा बन्यो सेगमेन्टमा नम्बर १ कार, पन्चको पनि बम्पर बिक्री

सेप्टेम्बर २०२२ को कम्प्याक्ट एसयूभी सेगमेन्टको बिक्री तथ्याङ्क अनुसार...

सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स...

सुजुकी बाइकको नयाँ वर्ष अफर : एसएमएस पठाएर १ लाखसम्म जित्न सकिने

सुजुकी बाइकको नयाँ वर्ष अफर : एसएमएस पठाएर १ लाखसम्म जित्न सकिने

काठमाडौं–सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...