४५० सीसी रोयल इन्फिल्ड हिमालयन बाइकको टिजर सार्वजनिक

रोयल इन्फिल्डको चर्चामा रहेको मोडल नयाँ हिमालयन ४५० परीक्षणको क्रममा देखिएको छ । रोयल इन्फिल्डका सीईओ सिद्धार्थ लालले आफ्नो इन्स्टाग्राम पेज मार्फत रोयल इन्फिल्ड हिमालयन ४५० को भिडियोको टिजर सार्वजनिक गरेका छन् । यस टिजर भिडियोमा हिमालयन ४५० को बाइक नदी तर्दै गरेको देख्न सकिन्छ ।

रोयल इन्फिल्ड हिमालयन ४५० मा नयाँ एलईडी हेडल्याम्प र विन्डस्क्रिन प्रयोग गरिएको छ । यसमा नयाँ टर्न इन्डिकेटर र हेलोजनको सट्टामा एलईडी एलिमेन्टको प्रयोग गर्ने अनुमान गरिएको छ । सो बाइकमा हिमालयन ४११ का केही डिजाइन यथावत राखिएको छ ।

नयाँ हिमालयन ४५० मा नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टर र अप्सनल ट्रिपर नेभिगेसन सिस्टम रहेको छ । बाइकको अगाडि २१ इन्च पाङ्ग्रा र पछाडि १७÷१८ इन्च पाङ्ग्रा छ । साथै अगाडि र पछाडि डिस्क ब्रेक जडान गरिएको छ र ड्युअल–च्यानल एबीएसलाई स्ट्यान्डर्ड रूपमा पेश गरिएको छ ।

बाइकको फ्रन्टमा नयाँ अप–साइड डाउन फोर्क्स र पछाडि मोनो–शक दिइएको छ । यसमा ४५० सीसीको लिक्विड कुल्ड इन्जिन हुने अपेक्षा गरिएको छ । सो इन्जिनले करिब ४५ एचपीको पावर उत्पादन गर्ने अपेक्षा गरिएको छ । ट्रान्समिसनको लागि यसमा स्लिपर क्लचसहितको ६ स्पिड युनिट रहेको छ ।

भारतीय बजारमा रोयल इन्फिल्ड हिमालयन ४५० ले केटीएम ३९० एड्भेन्चर, येज्दी एड्भेन्चर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले मोटोभर्स २०२४ मा गोआन क्लासिक ३५० बबर बाइक लन्च गर्दै

रोयल इन्फिल्डले मोटोभर्स २०२४ मा गोआन क्लासिक ३५० बबर बाइक लन्च गर्दै

रोयल इन्फिल्डले नोभेम्बर २२ देखि २४ सम्म हुने मोटोभर्स २०२४ मा गोआन...

ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप

ग्लोबल टेक्निसियन प्रतियोगितामा सिनियर टेक्निसियन बिनोद महर्जन बने फर्स्ट रनर–अप

काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...

भदौ १ गते क्रसफायरको नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल ट्रयाकर २५० सार्वजनिक हुने

भदौ १ गते क्रसफायरको नयाँ ड्युअल स्पोर्ट मोटरसाइकल ट्रयाकर २५० सार्वजनिक हुने

काठमाडौं – नेपाली बजारमा आगामी भदौ १ गते क्रसफायरको नयाँ ड्युअल स्पोर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...