होन्डा सीबी३००एफ बाइक लन्च, यस्तो छ विशेषताहरु

होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले हालै होन्डा सीबी३०० एफ ३ रङ र २ भेरियन्ट डिलक्स र डिलक्स प्रोसहित २ लाख २५ हजार भारु मूल्यमा लन्च गरेको छ । होन्डा सीबी३०० मिड साइज बाइकको विशेष लाइनमा निर्माण गरिनेछ ।

भारतको अहमदाबादबाट करिब ८० किलोमिटरको दूरीमा अवस्थित २५० एकड क्षेत्रफलमा फैलिएको होन्डाको प्लान्टमा एक्टिभा, डियो, ग्राजिया र हालै लन्च गरिएको सीबी३०० एफको उत्पादन हुन्छ ।

सो बाइकमा २९३ सीसीको आयल–कुल्ड फोर भल्व एसओएचसी इन्जिन समावेश गरिएको छ । होन्डा सीबी३०० मा १० नयाँ प्याटेन्ट एप्लिकेशन्सको साथमा आधुनिक इनोभेसन, डिजाइन र टेक्नोलोजीले फरक लुक दिइएको छ ।

नयाँ होन्डा सीबी३०० मा राइडिङलाई नियन्त्रणमा राख्न ड्युअल च्यानल एबीएसको साथै सेफ्टी फिचर पनि प्रदान गरिएको छ । साथै असिस्ट र स्लिपर क्लचले सवारीलाई आरामदायी बनाएको छ । बाइकको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएमको ब्रेकिङ पावर रहेको छ । यसमा ६ स्पिड ट्रान्समिसन र एलईडी हेडल्याम्पको विकल्प छ ।

सीबी३००एफ १५० एमएम चौडा रियर टायर र ५ स्टेप एड्जस्टेबल रियर मोनोशक सस्पेन्सनको साथ उपलब्ध छ । यसले सडकमा उत्कृष्ट पकड बनाउँछ ।

सीबी३००एफ को मस्कुलिन र टोन्ड ट्यांकले अन्तर्राष्ट्रिय स्ट्रिट फाइटर बाइकिङ अनुभव दिन्छ । यसको लुक, अगाडि झुकेको स्ट्यान्सले सवारीलाई अझ आक्रमक बनाउँछ, जबकि स्प्लिट सिट, कम्प्याक्ट मफलर र स्टाइलिस भी आकारको अलोय ह्विलले यसलाई स्पोर्टी लुक दिएको छ ।

सम्बन्धित समाचारहरू

स्कुटर बजारमा होन्डाको वर्चस्वलाई टीभीएसको कडा चुनौती, १० वर्षमा १८ प्रतिशत बजार हिस्सा गुम्यो

स्कुटर बजारमा होन्डाको वर्चस्वलाई टीभीएसको कडा चुनौती, १० वर्षमा १८ प्रतिशत बजार हिस्सा गुम्यो

भारतीय टु–ह्विलर बजारमा होन्डा र टीभीएसबिच निकै ठूलो र रोचक प्रतिस्पर्धा...

होन्डा एलिभेटमा हुने छैनन् यी ५ फिचर, जसले देखाउने छ केही कमी

होन्डा एलिभेटमा हुने छैनन् यी ५ फिचर, जसले देखाउने छ केही कमी

होन्डाले मिड साइज सेगमेन्टमा एलिभेट एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले...

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

काठमाडौं – होन्डा एलिभेट पहिलो पटक अपर मुस्ताङ र मुक्तिनाथ सम्म पुगेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...