नेपालमै सवारी साधन एसेम्वल गर्ने भन्दै सिजी होल्डिङले दर्ता ग-यो नयाँ उद्योग, के होला सम्भावना ?
सुजुकी गाडीको नेपालस्थित आधिकारिक बितरक सीजी होल्डिङले स्वदेशमै सवारी...
भारतमा मारुती सुजुकी कार हात पार्न ४ लाख हाराहारी ग्राहक पतिक्षारत रहेको जनाइएको छ । हालसम्म ३ लाख ८७ हजार ग्राहकले यो व्रान्डको विभिन्न कार हात पार्न प्रतिक्षा गरिरहेका हुन् । यो संख्या हरेक दिन वढिरहेको कारण अवको केही दिनभित्रै ४ लाख नाघ्ने आँकलन गरिएको छ ।
भारतीय बजारमा एकपछि अर्को नयाँ र फेसलिफ्ट मोडल सार्वजनिक गरिरहेको सुजुकीले अघिल्लो वर्षमात्र नयाँ सेलेरियो लन्च गरेको थियो । त्यसपछि क्रमिक रुपमा इर्टिगा र एक्सएल६ को फेसलिफ्ट लन्च गरेको उसले केही समयअघि मात्र नयाँ व्रेजा, ग्रान्ड भिटरा र नयाँ अल्टो के१० जस्ता मोडल सार्वजनिक गरिसकेको छ ।
यी नयाँ र फेसलिफ्ट मोडलमध्ये १ वर्षअघि लन्च भएको वोलेनो नै ३८ हजार युनिट डेलीभरी गर्न वाँकी छ । यसैगरी केहीसमय अघिमात्र लन्च भएको नयाँ व्रेजालाई ३० हजार ग्राहकले वुकिङ लिएर वसेका छन् भने ग्रान्ड भिटरा औपचारिक लन्च हुनु अगावै ३८ हजार वुक भैसकेको छ ।
मारुती सुजुकीको भारतमा ३ वटा प्लान्टवाट वार्षिक २३ लाख कार उत्पादन भैरहेका छन् । माग हरेक वर्ष वृद्धि हुँदै गएपछि कम्पनीमाथी अहिले उत्पादन क्षमता बृद्धि गर्नुपर्ने दवाव सिर्जना भएको देखिन्छ । हरेक वर्ष ३ देखी ४ वटासम्म नयाँ र फेसलिफ्ट मोडल सार्वजनिक गरिरहको यो व्रान्डले अवको केही समयपछि वलेनोमा आधारित कुपे स्टायलको नयाँ एसयूभी र ५ वटा ढोका भएको जिम्नी लन्च गर्ने तयारी गरिरहेको छ ।
भारतमा यो व्रान्डको सिएनजी मोडलको माग समेत उत्तिकै मात्रामा वढिरहेको छ । डेलीभरी गर्न वाँकी ३ लाख ८७ हजार युनिटमध्ये झन्डै ३३ प्रतिशत अर्थात १ लाख २६ हजार युनिट त सिएनजी मोडल मात्रै रहेको वताइएको छ । सिएनजीमा सुजुकीको अल्टो, एस–प्रेसो, वागनआर, सेलिरियो, डिजायर, इर्टिगा, इको, सुपर क्यारी र स्विफ्ट लगायत मोडलको माग उच्च छ ।
सुजुकी गाडीको नेपालस्थित आधिकारिक बितरक सीजी होल्डिङले स्वदेशमै सवारी...
मारुती सुजुकी डिजायरले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार प्राप्त गर्दै...
मारुती सुजुकी ग्रान्ड भिटारा मिडसाइज एसयूभी जुलाई २० मा लन्च हुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...