३ लाख रुपैयाँमा लन्च भयो सुजुकी एभेनिस, प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको दावी

लामो समयको प्रतीक्षा पश्चात सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ आज लन्च भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस स्कुटर औपचारिक रुपमा लन्च गरको हो । ४ भिन्न कलर अप्सनमा उपलब्ध यो नयाँ स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

आकर्षक डिजाइन तथा लुक्स र आधुनिक फिचर्सले सुसज्जित यो स्कुटर प्रिमियम सेग्मेन्टमा उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ । यो नयाँ स्कुटरले युवा पुस्तालाई सवैभन्दा बढी आकर्षित गर्ने विश्वास लिइएको छ । नेपाली बजारमा यसले होन्डा ग्राजिया, टिभिएस एनटर्क र यामाहा रे–जेडआर लगायत मोडलसंग प्रतिस्पर्धा गर्नेछ ।

एभेनिसमा एफआई टेक्नोलोजीसहितको शक्तिशाली १२५ सीसी विएस६ इन्जिन जडान गरिएको छ । जसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमको टर्क जेनेरेट गर्छ । स्कुटरको कुल वजन १०६ किलोग्राम छ ।
यो नयाँ स्कुटरमा फ्युल भर्न सजिलोको लागि नयाँ बाहिरी हिंज टाइप फ्युल क्याप दिइएको छ । सुजुकी एभेनिसमा यूएसबी सकेटको साथमा ठुलो अन्डर सिट स्पेस र फ्रन्ट बक्स जस्ता फिचर रहेको छ ।

एड्भान्स स्पोर्टी स्टाइलिङ, मोटरसाइकलबाट प्रेरित रियर इन्डिकेटर, बडी माउन्ट ब्राइट एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्पले सुसज्जित रहेको छ । सुजुकी एभेनिसमा एड्भान्स स्पोर्टी डिजाइन रहेको छ । जसमा मोटरसाइकलबाट प्रेरित स्प्लिट ग्र्याब रेल, स्पोर्टी मफलर कभर, स्पिडी लुक दिने अलोय ह्विल, बोल्ड सुजुकी ब्रान्डिङ र ट्रेन्डी ग्राफिक्स जस्ता फिचर समावेश छ ।

यो स्कुटरमा उपलब्ध गराइएको डिजिटल कन्सोललाई एन्ड्रोइड र एप्पल दुवै फोनमा जडान गर्न सकिन्छ । फोन जडान गर्न आफ्नो एन्ड्रोइड टीएम वा आईओएस डिभाइसमा ’सुजुकी राइड कनेक्ट’ एप डाउनलोड गर्नुपर्छ र एप्लिेकेसन इन्स्टल गरिसके पछि प्रयोगकर्ताले स्कुटरलाई फोनबाट कनेक्ट गर्न सकिन्छ । त्यसपछि नेभिगेसन असिस्टेन्स र लास्ट पार्क लोकेसन र ट्रिप रिपोर्ट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

न्यु सुजुकी एभेनिस एसईपी टेक्नोलोजी र सुजुकी राइड कनेक्टले सुसज्जित रहेको र यसले गर्दा सबैभन्दा स्पोर्टी र तीव्र गतीको सवारी हुने कम्पनीले जानकारी दिएको छ । ब्लुटुथ डिजिटल कन्सोलको साथमा सुजुकी राइड कनेक्ट एप्लिेकेशन मार्फत मोबाइल फोन सिंक गर्न सकिन्छ ।

जसमार्फत राइडरले टर्न बाई टर्न नेभिगेसन, इनकमिङ कल, एसएमएस र ह्वाट्सएप अलर्ट डिस्प्ले, मिस्ड कल र अनरिड एसएमएस अलर्ट, ओभर स्पिड अलर्ट, फोनको ब्याट्री स्तर डिस्प्ले र आगमनको अनुमानित समय जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

सुजुकी एभेनिसको वारेमा थप जानकारीका लागि यो लिंक क्लिक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

टाटा पन्चसँग प्रतिस्पर्धा गर्न सुजुकीले नयाँ माइक्रो एसयूभी ल्याउने

मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

सुजुकीले १ वर्षमा बिक्री गर्यो ९ लाख भन्दा बढी मोटरसाइकल र स्कुटर

सुजुकीले १ वर्षमा बिक्री गर्यो ९ लाख भन्दा बढी मोटरसाइकल र स्कुटर

सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...