हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ - हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा हिजो वृक्षारोपण कार्यक्रम सम्पन्न गर्यो। रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा EV का विभिन्न उमेर समुहका करिब १५० जनाको सहभागीता रहेको थियो। KONA र IONIQ 5 गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथली बाट बुढानिलकण्ठ सम्म गएको थियो।

हुन्डाई नेपालको ‘Be (v) the Change’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप ल्याईएको हो। BE(V) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटिको पर्याय बनेको आजको समयमा Be(v) the change ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिईएको छ।

‘Be (v) the Change’ अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आसा राखिएको छ। त्यस्तै आगामी दिनमा पनि कम्पनीले ‘Be (v) the Change’ अन्तर्गत पर्यावरण दिगोपन सम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको छ। 

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो। कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा "गोल अफ द सेन्चुरी" नामक विश्वव्यापी अभियान सुरु गरेको थियो। यस अभियानले फुटबलको विश्वव्यापी आकर्षण मार्फत फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचारहरू

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

दशैंमा घर जानेका लागी हुन्डाईको १० स्थानमा निशुल्क चेक प्वाइन्ट

दशैंमा घर जानेका लागी हुन्डाईको १० स्थानमा निशुल्क चेक प्वाइन्ट

काठमाडौं– के तपाँई दशैंमा हुन्डाई गाडी लिएर घर जाँदै हुनुहुन्छ ? चाडबाडको...

हुन्डाई एक्सटरको स्पेसिफिकेसन सार्वजनिक : ४० बढी सेफ्टी फिचर र सबै भेरिएन्टमा ६ एयरब्याग

हुन्डाई एक्सटरको स्पेसिफिकेसन सार्वजनिक : ४० बढी सेफ्टी फिचर र सबै भेरिएन्टमा ६ एयरब्याग

हुन्डाई मोटर इन्डियाले एक्सटरको स्पेसिफिकेसन सार्वजनिक गरेको छ । एक्सटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...