सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य
भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत...
लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० ३ लाख ९९ हजार भारुमा लन्च गरेको छ । नयाँ अल्टो के१० पुरानो अल्टोको तुलनामा नयाँ इन्जिन र राम्रो डिजाइनमा ल्याइएको छ । अल्टो के१० र अल्टो ८०० बीचको भिन्नता यस प्रकार छ :
डिजाइन
नयाँ मारुती अल्टो के१० को डिजाइन अल्टो ८०० भन्दा ठूलो र अधिक स्टाइलिश देखिन्छ । अल्टो के१० को डिजाइन नयाँ सेलेरियोबाट प्रेरित छ, जसका कारण यसको डिजाइनका केही पार्टस् सेलेरियोसँग मिल्दोजुल्दो छ । यसबाहेक यसमा नयाँ डिजाइनको हेडलाइट र टेललाइट दिइएको छ । यद्यपि, नयाँ अल्टो के१० मा १३ इन्चको स्टिल ह्विल समावेश छ ।
डाइमेन्शन
अल्टो ८०० को लम्बाई ३४४५ एमएम, चौडाइ १४९० एमएम र उचाई १५२० एमएम छ । नयाँ अल्टो के१० को लम्बाई ३५३० एमएम, चौडाइ १४९० एमएम, उचाई १५२० एमएम र यसको ह्विलबेस २३८० एमएम छ ।
इन्जिन
नयाँ अल्टो के१० ह्याचब्याकमा १.० लिटर, के१० ड्युअलजेट पेट्रोल इन्जिन छ, जसले ६७ बीएचपी पावर र ८९ एनएम टर्क जेनेरेट गर्छ । अल्टो के१० मा ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्स समावेश छ ।
अल्टो ८०० मा ०.८ लिटर पेट्रोल इन्जिन छ, जसले ४७ बीएचपी पावर र ६९ एनएम टर्क जेनेरेट गर्छ । अल्टो ८०० म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध छ । अल्टोको यो दुवै भेरिएन्ट बीएस६ इन्जिनमा बिक्री भइरहेको छ ।
फिचर र इन्टेरियर
अल्टो के१० मा ७ इन्चको स्मार्टप्ले स्टुडियो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल स्पिडोमिटर डिस्प्ले, इन्स्ट्रयुमेन्ट प्यानलमा फ्रन्ट पावर विन्डो स्विच, रिमोट किलेस इन्ट्री र स्टेयरिङ माउन्टेड अडियो तथा भ्वाइस कन्ट्रोल जस्ता फिचर उपलब्ध छ । साथै एप्पल कारप्ले, एन्ड्रोइड अटो र स्मार्टफोन नेभिगेसनका साथ अन्य स्मार्टप्ले स्टुडियो एपको साथमा स्मार्टफोन कनेक्टिभिटी समावेश छ ।
अल्टो ८०० मा टचस्क्रिन, नेभिगेसन र स्मार्टफोन कनेक्टिभिटी एप्लिकेसन उपलब्ध छैन । मारुतीको स्मार्टप्ले स्टुडियो एप पनि यसमा सपोर्ट गर्दैन ।
सेफ्टी फिचर
नयाँ अल्टो के१० मा सेफ्टीका लागि २ फ्रन्ट एयरब्याग, ईबीडीको साथमा एन्टी–लक ब्रेकिङ सिस्टम, प्रि–टेन्सन र फोर्स लिमिटर, फ्रन्ट सिट बेल्ट, रिभर्स पार्किङ सेन्सर उपलब्ध छ । साथै स्पिड सेन्सिङ अटो डोर लक र हाई स्पिड अलर्ट सिस्टम जस्ता फिचर दिइएको छ ।
अल्टो ८०० मा ड्राइभर एयरब्याग मात्र उपलब्ध छ । यसको एसटीडी र एलएक्सआई भेरिएन्टमा एयरब्याग वैकल्पिक हो । जबकि २ वटा एयरब्याग टप भेरिएन्ट भीएक्सआईमा मात्र पेश गरिएको छ ।
मूल्य
अल्टो के१० ६ भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य ३ लाख ९९ हजार भारुबाट सुरु हुन्छ । अल्टो ८०० को मूल्य ३ लाख ३९ हजार भारुबाट सुरु हुन्छ ।
भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत...
ग्राहकहरु माझ कम्प्याक्ट एसयूभी निकै लोकप्रिय रहेको छ । सस्तो र कम मर्मत...
जापनिज अटो निर्माता सुजुकीले हालै सम्पन्न जापान मोविलिटी शोमा सार्बजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...